कोरियामा नेपालीहरु संगठित, अध्यक्षमा रायमाझी


 

सन्धिखर्क – रोजगारका लागि आफनो जन्मभुमि छाडेर कोरिया पुगेका प्रवासी नेपालीहरु संगठित भएका छन । वर्षौ देखी छरिएर काम गर्दै आएका नेपाली युवाहरु जमघट भएर संगठित भएका हुन । हालै कोरियामा भएको प्रवासी नेपालीहरुको बृहत भेलाले अर्घाखाँची कोरिया सम्पर्क मन्च गठन गरेका छन ।

 

भेलाले सन्धिखर्क निवासी समाजसेवी युवा कर्णजंग रायमाझीको अध्यक्षतामा १७ सदस्यीय मन्च गठन गरेको छ । उपाध्यक्षद्धयमा पुकार साह उदय थापा सचिवमा ठाकुर भुसाल सह सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा युवराज पाण्डे रहेका छन । भेलाबाट ंंगठित भएपछि विदेशी भुमिमा काम गर्ने प्रवासी नेपालीहरुको साझा घर यही मन्च हुने गरेको छ । सबै नेपालीहरुबीच एकता सदभाव र आपसी सहयोग आदान प्रदान गर्ने उद्देश्यले गठन भएको हो ।

 

अर्घाखाँची लगायत नेपालबाट रोजगारको शिलसिलामा कोरिया पुगेका नेपाली युवाहरुलाई काम गर्दा अप्ठयारो र केही समस्या परे सहयोग पुर् याउने उद्देश्य रहेको अध्यक्ष रायमाझीले बताए । अर्घाखाँचीबाट कोरियामा रोजगारका लागि गएका नेपाली युवाहरुलाई समस्या परे माचले सहयोग गर्नेछ ।

 

कम्पनी लगायत विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुलाई संगठित भएपछि एक आपसमा मैत्रीपुर्ण सदभाव सृजना भएको छ । प्रत्येक महिनाको अन्तिममा माचको बैठक बस्ने सबै विषयमा छलफल गर्ने गरिन्छ । उनीहरुले मासिक आर्थिक संकलन गरि जम्मा गर्ने गर्छन । मासिक १० हजार रियल जम्मा गरि संकलन गरिन्छ । संकलित रकम कोरियामा काम गर्ने साथिहरुलाई समस्या परे आवश्यक सहयोग गर्ने रायमाझीले बताए । कोरियामा १५ हजार नेपालीहरु रोजगारमा कार्यरत मध्ये अर्घाखाँचीका एक सय पचास नेपाली युवा कार्यरत छन ।

 



 






Copyright � 2010 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten, or redistributed.


अन्य समाचारहरु