त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प

काठमाडौँ। सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम ठप्प भएको छ।

विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै भन्सारमा कार्यरत कर्मचारीले सेवा ठप्प पारेका हुन्।

ad

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ। जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए।

1

तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन्। ​

ad