आधुनिक गित

– अम्बिका लिम्बु [आशिष]
हाँगुम-१ सिरान टोल पाँचथर

 

जती सम्झ्यो झनै नजिक बिर्सिदिए टाडा
मिलन भन्दा बिछोडमा मायाँ हुन्छ गाढा 
भुली दिनु ति सबै अतितका भूलहरू
चैत मासको खडेडीले ओइली झरे मनका फुलहरु
पराई भैगो किन आज गाउँबेसी सारा
मिलन भन्दा बिछोडमा मायाँ हुन्छ गाढा
धर्ति अनि आकाशको भेट कैले होला
म वारी तिमि पारी बिचैमा छ खोला
कति बस्यौं एकान्तमा गन्दै जुन तारा
मिलन भन्दा बिछोडमा मायाँ हुन्छ गाढा
खायौं कसम संगै बाँच्ने देउरालीलाई साँची राखी
साँचो बचन तोडी दियौ सम्झना छ बाँकी
हिडदै गएँ बाटोहरु तेर्सिदिए काँडा
मिलन भन्दा बिछोडमा मायाँ हुन्छ गाढा