जंक फुड, मोबाइलको चरम प्रयोग र शारीरिक व्यायामको अभावमा बालबालिकामा स्वास्थ्य समस्या ।(तस्बिर सहित)

1

-गोपाल प्रसाद भट्टराई ।

अर्घाखाँची – जंक फुड, मोबाइलको चरम प्रयोग र शारीरिक व्यायामको अभावमा बालबालिकामा सानै उमेर देखि नै स्वास्थ्य समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

No description available.

विशेषगरि जंक फुड खाने, मोबाइलमा लामो समय बिताउने र शारिरिक क्रियाकलाप नगर्ने प्रवृत्तिले बालबालिकामा आँखा दुख्ने, हेर्न नसक्ने, आँखा पोल्ने, टाउको दुख्ने, चाँडो रिसाउने, एकान्तमा बस्ने र डिप्रेशनमा जाने जस्ता समस्या देखिने गरेको चिकित्सकहरुको भनाई छ । १२ बर्ष मुनिका बालबालिकालाई लक्षित गरि रेन्बो मन्टेश्वरी स्कुलले शनिवार सन्धिखर्कमा आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य शिविरमा बालबालिकाको स्वास्थ्य परिक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन् ।

No description available.

मोबाइलका कारण बच्चाहरुमा एक्लोपनाको समस्या बढ्न थालेकोले सचेत रहन अभिभावकलाई उनिहरुको सुझाव छ । यसकोे मुख्य कारण भनेको घरका पाका सदस्यले बालबालिकाको रुची अनुसार समय दिन नसक्नु रहेको स्वास्थ्यकर्मीहरुको बुझाई छ ।

1

“बालबालिकाले आफ्नो मनका भावना आमा–बुबालाई भन्न नपाउँदा एक्लोपन महसुस गर्छन् ।” शिविरमा सहभागी आखाँ बिशेषज्ञ शतिषचन्द्र मिश्रले भन्नुभयो,“अभिभावकले समय निकालेर बालबालिकालाई खेल्न दिनु पर्छ ।” शारीरिक व्यायाम र सक्रियता बढाउने, अतिरिक्त क्रियाकलापमा लगाउने, घरमा बनाएको खानेकुरा खुवाउने, पानी,फलफूल, अण्डा, दूध र हरियो सागसब्जी प्रयाप्त खाने बानी गराउने र बच्चालाई धेरै समय प्रदान गर्न उहाँको सुझाव छ ।

No description available.

“बालबालिकालाई के खुवाउने ? के नखुवाउने ? भन्ने बारे सबै अभिावकलाई थाहा छ । तर पनि अभिभावक व्यस्तताका कारण जंक फुडको प्रयोग बढाउँदै लगेका छन् ।” दन्त रोग बिशेषज्ञ डाक्टर महेन्द्र प्रताप रायमाझीले भन्नुभयो ।

,“बाहिरी खाना धेरै खाने अनि खेलकुद लगायतका शारीरिक व्यायाम नगर्ने कारण कतिपय बालबालिका मोटोपनको सिकार पनि भइरहेका छन् ।” रेन्बोको शिविरमा करिब ४ सय बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा अधिकांश बालबालिकाको आँखा सुख्खापन हुने, दृष्टीदोष हुने, परेलाको चाँया, दाँत किराले खाने, मुख, जिब्रो तथा गिंजामा घाउ आउने जस्ता समस्या देखा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

No description available.

निशुल्क स्वास्थ्य शिविर अर्घाखाँची जिल्ला अस्पताल, आँखा उपचार केन्द्र अर्घाखाँची र निदान डेन्टल केयरको प्राबिधिक सहयोगमा सम्पन्न भएको बिद्यायका प्रवन्ध निर्देशक रमेश चुदाँलीले जानकारी दिनुभएको छ ।

ad

अन्य समाचारहरु