– भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार
रक्सी यो कसले बनायो
बोतल खोल्दा ठुस्स गनायो
नाक समाती ह्वात्य मुखमा खान्यायो
क्या कमाल क्षणमै हल्लिने बनायो
****** ******** ********
सुरिलो सहासिलो बनाई दिन्छ बीर
भोक न सुर्ता न कुनै चिन्ता पीर
लड़ खराउँ छन पाइलाहरु छैन स्थिर
त्यसैले लड़छ मानिस भन्दैन भीर
******* ******* ********
कराउँ छ चिच्याएर घरी घरी
बोल्छ जथाभाबी नाना थरी
साँझ आई घरमा सधै चल्छ जुहारी
सत्रुलाई रमिता भयो घर वरिपरी
******* ******** ********
यो सबै मेरो भन्छ नशा चढे पछी
न भन्छ बीच बाटो न सडक पेटी
मुर्दा सरि लड़छ होश गुमाएर बेहोसी
थाहै पाउंदैन झिंगा भंकिदा मुख भरी
******** ******** *********
सत्रु पनी मौका हेरी रक्सी खुबाउँ छन
रस चुसी बोक्रा बनाई फ्याकी दिन्छन
साँचो कुरा लुकाउन सक्दैन साँचो बोल्छ
अन्तर आत्मको कुरा रक्सी कै नशामा खोल्छ
********* ********* ************
तरुनीको पछी लाग्दैमा गयो बैश
कुलतमा लगेर सिद्दियो पैसा
सम्पती सकेर खुबै गरियो एईस
दुवै चिज नभए पछी कसैले हेर्दो रहेनछ
जय होस रक्सी महाराजको …………..!