चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरुमा आज सेवा ठप्प, विरामी समस्यामा

काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द रहेको छ ।

ad

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघले सेवा बन्द गराएको हो । देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहेको छ । सेवा बन्द हुँदा विरामीहरु भने मर्कामा परेका छन् । उपचारका लागि विहानै अस्पताल पुगेका विरामीहरु सेवा बन्द भएको थाहा पाएपछि खिन्न हुदै फर्किने गरेका छन् ।

1

यही भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए । थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

1

तर दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ । कुटपिटको घटनामा संलग्न मकवानपुर पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु मृतक राजेश प्रधानका परिवारका सदस्यहरु हुन् ।

ad