रुसद्बारा एक अन्तर्देशीय ब्यालिष्टिक क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण

रुसको रणनैतिक रकेट सेनाका प्रवक्ता भादिम कोभलले हिजो रुसको सेनाले हिजै “आर एस-बाह्र एम टोपोल” अन्तर्देशीय ब्यालिष्टिक क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण गरेको कुरा बताउनुभयो।

      रुसी सञ्चार-माध्यमबाट जनाइएअनुसार, “आर एस-बाह्र एम टोपोल” अन्तर्देशीय ब्यालिष्टिक क्षेप्यास्त्र रुसको रणनैतिक रेकट सेनाका सैनिकहरुद्बारा रुसको अस्तारकान राज्यको कापुस्तीन यारस्थित केन्द्रबाट प्रक्षेपण गरिएको र उक्त क्षेप्यास्त्रले काजाकिस्तानको “सारी शागन” नामक स्थलमा रहेको निशानामा ठीकसँग ताकेर हानेको कुरा जनाइएको छ।