इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाको ८६ बर्षको उमेरमा शनिबार दिउँसो १२ बजेर १० मिनेटमा निधन भएको छ । लामोसमयदेखि दम र फोक्सोको संक्रमणबाट पीडित कोइरालाले छोरी सुजाता निवास मण्डिखाटारमा प्राण त्याग गरेका थिए ।
नेपाली कङ्ग्रेसका सभापति तथा पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको अन्तिम संस्कार प्रक्रिया पूरा भएको छ। एकमात्र सन्तान छोरी सुजाताले आइतबार बेलुकी ७ बजेर ४७ मिनेट जाँदा दागबत्ती दिएपछि उनको पार्थिव शरीरमा आगो लगाइएको थियो। दागबत्ती दिने क्रममा उनलाई नेपाली सेनाले अन्तिम सलामी दिएको थियो। जतिबेला तोप पनि पड्काइएको थियो। पूर्व राष्ट्र प्रमुखको हैसियतमा कोइरालालाई सरकारले यस्तो सम्मान उपलब्ध गराउने निर्णय कोइरालाको निधनलगत्तै गरेको थियो।
उनलाई ब्रह्मनालको जल सिंचन गराएपछि चितामा राखिएको हो। यसअघि उनलाई त्यहाँ पुगेका विशिष्ठ व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।