अमेरिकी राष्ट्रपतिकी पत्नी नेपाली डिजाइनरको पोशाकमा:काली काली हिस्स परेकी

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

(बिबिध स्रोत बाट हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधी उमाकान्त पाण्डे गाउले को रिपोर्ट )

अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्। उनले गुरुङले डिजाइन गरेको व्ल्याक एन्ड ह्वाइट स्लिभलेस लगाएर कार्यक्रममा सहभागिता जनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। उनले लगाएको सेतो स्लिभलेसमा कालो रङको गुलाव पेन्ट गरिएको छ। गुरुङले यसअघि नै अमेरिकी आफू ओवामा पत्नीका लागि पोशाक डिजइन गर्न उत्सुक रहेको जनाएका थिए। उनले पहिले नै ह्वाइट हाउसमा मिसेल ओवामाको प्रवेशले त्यहाँ ग्ल्यामरको प्रवेश भएको टिप्पणी गरेका थिए।इको डोमेन फेसन फाउन्डेसन विजेता गुरुङले त्यतिखेर गरेको टिप्पणीले अहिले स्वरुप पाएको हो। मिसेलले लगाएको यो पोशाक गुरुङको २०१० कलेक्सन हो।

न्युयोर्क फेसन सप्ताहमा प्रबलले दिएको अन्तरवार्तामा अमेरिकी महिलाहरुलाई थप आधुनिक देखिनसक्ने बताएका थिए।‘वधाई छ छ प्रबल। तिम्रो सपना वास्तविक बन्न पुगेको छ,’ फेशनडटकमले गुरुङलाई शुभकामना दिँदै लेखेको छ, तिम्रो डिजाइन के साच्चै श्रीमती ओवामालाई सुहाएको छ ? मिसेल युवा डिजाइनहरुको पोशाकमा रुची राख्छिन्।

उनले कुनै पनि मुलुकका राष्ट्रप्रमुखसँग भेट गर्दा त्यही मुलुकका युवाले तयार पारेको पोशाक लगाउने गर्छिन्। वाराक ओवामाले अमेरिकी राष्ट्रपतिको चुनाव लड्दा त्यहाँ रहेका आप्रवासीले सघाएका थिए।

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।