पाँचौं पटक बिहे

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गुल्मी २४ फागुन- जिल्लाको बडागाउँ गाविस -८ मैदान बाटामुनी जेठाका नामले चिनिनॆ तेज बहादुर विश्वकर्माले पाँचौ पटक श्रीमती ल्याएका छन् ।

ईस्मा दोहोलीमा घर बनाउन गएका सिकर्मी तेज बहादुरले तीन छोराछोरी सहितकी एक विधवालाई बिहे गरेका हुन् । उनी जुन ठाउँमा सिकर्मी काम गर्न जान्छन् उक्त ठाउँबाट एक श्रीमती ल्याउने उनको बानी बसिसकेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।
हाल घरमा जेठी श्रीमती सरिताका अठार वर्षका एक छोरा र दुई छोरी रहेका छन् । आर्थिक अवस्था एकदमै कमजोर रहेको तेजबहादुरको बास बस्ने घरको समेत अभाव रहेको छ ।
  घरमा सौता ल्याएपछि जेठी श्रीमती सरिताले स्थानीय व्याक्ति तथा  समाजसेवीहरुलाई भेला गराएकी छन् तर पाँचौ श्रीमती ल्याउने तेज बहादुरले आफु मर्दको छोरा भएकाले अझै दुईचार बिहे गर्ने बताउनुका साथै गाउँलेहरु र जेठी श्रीमतीसँंग आक्रोस समेत व्यक्त गरेका छन् ।
 घरको आर्थिक अवस्था कमजोर भएको कारण श्रीमती र छोरा छोरीहरुको भविष्य बिचल्लीमा पर्ने स्थानीयवासीहरुको भनाइ रहेको छ ।
---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।