न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण

रसना ढकाल

काठमाण्डौ (अर्घाखाँचीडटकम) )मनोरन्जन क्षेत्रमा भैरहेको श्रम शोषणको विरुद्ध सरकारले नै कडा कदम चाल्नु पर्ने आवश्यकताको बोध मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरु बताएका छन् ।

  १२८ औ अन्तराष्ट्रिय श्रम दिवसको सन्दर्भ पारेर महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको श्रम अधिकार तथा श्रम शोषण विरुद्ध न्यायिक पहलको  कार्यक्रममा श्रमिक महिलाहरुले उक्त कुरा बताएका हुन ।

सरकारले श्रमिकले पाउनु पर्ने न्युनतम ज्याला ९ हजार ७ सय  तोके पनि यो क्षेत्रमा सरकारी नियम लागु भएको छैन , कार्यक्रमका एक श्रमिक महिलाले बताइन् । त्यसैगरि आफनो पारिश्रमिक माग्न गयो भने उल्टै व्यवसायिबाट हिंसामा पर्ने कुराहरु पनि कार्यक्रममा सार्वजनिक भएका थिए ।

सहभागिहरुबाट आएको प्रश्नको जवाफ दिदै श्रम कार्यालयका प्रतिनिधि शिव जि रेग्मी शर्माले मनोरन्जन क्षेत्रमा सरकारको त्यति ध्यान नगएको कारण यो समस्या उत्पन्न भएको स्विकार गरेका छन् साथै शंशोधन भएर छलफलको लागि व्यवस्थापिका ससदमा जान लागेको श्रम ऐनमा मनोरन्जन क्षेत्रको सवाललाई प्रमुखताको साथ उठान गर्नु पर्ने कुरा बताएका छन ।

 सञ्चालकबाट श्रमिक महिलाहरुमाथि श्रम शोषणका घटना श्रम कार्यालयमा उजुरी दिन आग्रह गर्दै श्रमिकहरुलाई न्यायका लागि पहल गर्ने एक्यबद्धाता दिएका छन् । फ्रान्समा पनि सरकारले न्यूनतम ज्यालाको लागि महिलाहरुलाई विभेद गरेको कुरा  नेपालको मानव बेचविखन र बैदेशिक रोजगारमा जाने महिलाहरुको अनुसन्धान गर्न आएकि   फ्रन्सकि फोटो पत्रकार लिजिले बताइन् । कार्यक्रमलाई सहयोग गर्दै आइरहेको द एशिया फाउनडेशनकि रिना पाठकले यो सवालमा सबै श्रमिकहरु संगठित भएर आवाज उठाए मात्र अधिकार प्राप्त हुनेमा जोड दिएकि थिइन् । 

अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विभिन्न सवाललाई मुद्दाको रुपमा उठान गर्दै आइरहेको महिलाको निम्ति महिला मञ्च नेपालले सन २०१३ देखि  श्रमिक महिलाहरुकै नेतृत्वमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाउदै आइरहेको छन् ।

नजिकिदै गरेको १ मई अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपालले एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागेको सस्थाकि कार्यकारि निर्देशक सृजना पुनले बताएकि छिन् ।

 

 

           
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण

अन्य समाचारहरु