अर्घाखाँचीबाट भोली चार हजार एमाले कार्यकर्ता चितवन जाँदै, १३० बढी सवारीसाधन तयारी

अर्घाखाँचीबाट भोली चार हजार एमाले कार्यकर्ता चितवन जाँदै,  १३० बढी सवारीसाधन तयारी


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट चितवनमा मंसिर १०-१२ गते हुने नेकपा (एमाले) काे दशाैं राष्ट्रिय महाधिवेशनको लागि भोली चार हजार कार्यकर्ता जाने भएका छन् । 


जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका  र छत्रदेव गाउँपालिकाबाट दशाैं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि भोली चार हजार कार्यकर्ता सहभागी हुने भएका हुन् । 

भोली जिल्लाका विभिन्न स्थानबाट बस र साना गाडी गरेर १३० र मोटरसाइकल ५० जति जाने तयारी गरिएको छ । अर्घाखाँची देखि चितवनको दुरी धेरै लामो  भएको र बाटोकि बिछ बिचमा जाममा पर्न सक्ने सम्भावना देखिएकाले अर्घाखाँचीका सबै पालिकाबाट मंसिर  ९ गते दिउसोदेखि नै चितवनका लागि गाडीहरू छुटने योजना रहेको र यसको ब्यबस्थापनको जिम्मा सबै वार्ड तथा पालिकाहरुले गरेको एमाले अर्घाखाँचीका उपसचीव प्रेमनारायण गैरेले अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो । 
    
उद्घाटन सत्रकाे कार्यक्रमकाे लागि अर्घाखाँची जिल्लाबाट भाेली मंसिर ९ गते दिउँसो २ वजेदेखि साँझ ८ वजेसम्म सन्धिखर्क भएर जाने गाडीहरू (भुमिकास्थान, मालारानी र सन्धिखर्क) का गाडीहरू जानेछन् । छत्रदेव र पाणिनीका गाडीहरूले सालझण्डी ढाेरपाटन सडक भएर सालझण्डी निस्कन जानेछन् । उक्त गाडीहरू सम्वन्धित वडाकाे केन्द्रबाट बेलुका ८ वजे छुट्नेछन् । यस्तै शितगंगा नगरपालिका अन्तर्गतका कमरेडहरू राती ९ वजे सम्वन्धित वडाकाे केन्द्रबाट प्रस्थान गर्नुहुनेछ ।  

ब्यवस्थापन कमिटीका अनुसार पालिका कमिटीका अध्यक्षहरूले आफ्नाे पालिकाबाट जाने गाडीकाे चलानी फाराम भरेर पठाउनुपर्नेछ, उक्त चलानीकाे एक प्रति विवरण जिल्ला कार्यालयमा पठाउनुपर्नेछ । पार्टी जिल्ला कार्यालयले जारी गरेकाे आचारसंहिता सहभागी सबैहरूले अनिवार्य पालना गर्नुपर्नेछ बताइएको छ । 

यस्तै महाधिवेशनको उद्घाटन समारोहमा सवारी साधनमा जाने कार्यकर्ताले मदिरा सेवन, चुरोट, सुर्ती, गुटका खान नपाईने जस्ता आचारसंहिता लागु गरिएको छ । 

अन्य समाचारहरु