पाणिनी गाँउपालिकामा पहिलो दिन अध्यक्ष पदको लागि राप्रपा र उपाध्यक्ष स्वतन्त्रबाट उमेदवारी दर्ता

पाणिनी गाँउपालिकामा पहिलो दिन अध्यक्ष पदको लागि राप्रपा र उपाध्यक्ष स्वतन्त्रबाट उमेदवारी दर्ता
ç

डिआरजी सुमन 

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पाणिनी गाँउपालिकामा पहिलो दिन रा.प्र.पा. वाट पालिका अध्यक्षमा फर्सुराम पौडेल र पालिका उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारमा वेदराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन । 


पाणिनी गाँउ पालिका राप्रपा को तर्फवाट मात्र उम्मेदवारी दर्तागरेका छन । हरी प्रसाद भट्टराईले ५ नं वडा अध्यक्षमा र चेत नारायण गैरेले ५ नं वडा सदस्यमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत खनालले जानकारी गराउनु भएको छ । 


पहिलो दिनमा अपेक्षाकृत रुपमा दर्ता नभएको कारण दोस्रो दिन भीड़भाड़ हुन सक्ने भएकोले सोही वमोजिम जनशक्ति तय गर्नआवश्यक रहने देखिएको छ । आठ वडा रहेको पाणिनि गाँउ पालिका मा नेकपा एमाले र ५ दलिय गठबंधन ले भोलीमात्र दर्ता गर्नेतयारीमा रहेका छन । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची । 

अन्य समाचारहरु