मेरो लास माथी बलात्कार नहोस (कविता)

  मेरो लास माथी बलात्कार नहोस  (कविता)
लक्ष्मी बेल्वासे

सरकार मेरो लास उखु बारीको बिचमा छ शरिरको तल्लो भाग पानीले छिपछिप छ अनि अर्ध नग्न अवस्थामा लम्पसार छ मेरो निस्प्राण मृत शरीर ।


म जन्मिदा म सङ प्राण थियो सास फेरेकै अवस्थामा जन्माएकि थिइन मेरि आमाले
म ज्युदो छु भनेर रुदै पाइला टेकेकी थिएं यो धर्तीमा ।


को को खुसी भए? को को ले दु:ख मनाए?
त्यो त मैले थाहा पाइन! तर मेरि आमाको आँखामा
बगेका आँसु हर्षकै थिए प्रसवका अनगिन्ती पिडाहरुलाई आफ्नो काखमा मलाई च्यापेर
मुसुक्क मुस्कुराइकी थिइन मेरि आमा।


जीवनका १३ बर्षहरु हर्ष, उल्लास र खुसीमै बिते
बाल्य जीवनका अनगिन्ती यादहरु साथी संगी र आफन्तहरु सबै सबै सङका मायाहरु संगालेर
एउटा सुधुर भबिस्यको मिठो काहानी बनाउन
हरदिन हररात तल्लीन थिए म।


जिन्दगीको सुन्दर फुल फुलाउन मलाई यो धर्ती र माटो निकै पारो लाग्थ्यो खुल्ला निलो आकाशमा
निस्फिक्री पखेटा खोलेर उड्न कयौं बेगहरु हानेर निकै माथी पुग्ने मन भित्र अनगिन्ती सपनाहरु थिए।


म फुल जिन्दगीको क्षितिजको वरिपरि फुलाउदै थिए अनेकौं फुलहरुको बगैचामा खोइ कसरी म माथी ब्वासाको नजर पर्‍यो मलाई निमोढ्न खोज्यो मलाई चुड्न खोज्यो मलाई टुक्राउन खोज्यो।


म हार गुहार गरें म क्रन्दन र चीत्कार गरें मेरो शरीरले कुनै पनि पीडा थेगेन हरेक पिडाहरुमा
एउटै कुरा मागी रहें मेरो जिवनको भिक्षा हरेक आर्तनादहरुमा भनें मरो प्राण नलुट ।


मलाइ लुटे मेरो शरीर लुटे मेरो सर्वस्व लुटेमेरो सब थोक लुटे तर मैले एउटै कुरा जोगाउन खोजें मेरो सास! अन्तिम सास फेर्नुअघि मैले छोडे यो संसार मैले त्यागें यो धर्ती।


आमा मैले त्यागे यो संसार तिमीले गरेको माया
बाबाले दिएको प्यार आफन्तका अनगिन्ती सम्झनाहरु छाडेर म उखु वारिमा लम्पसार छु
कसै गरेपनी मैले तिम्रो सामु ज्युदो मात्र पनि फर्कन
केही गरि सकिन आमा ।


सरकार म मरि सकें मैले देह त्याग गरि सके
म बलात्कृत भएँ र मरे सरकार एउटा पुलिस काम लागेन म बाँच्नको लागि।


अब माग्नु केही छैन तर मेरो प्राण लुट्ने ब्वांसोलाई
कहिले समात्छस सरकार? बांचेर पनि काँपिरहेका मेरा साथी र संगीलाई बाच्न पाइन्छ चेेलि भनेर
कहिले भन्छस सरकार? काँपी रहेका उनिहरुलाइ
हामी छौँ नडराउ भनेर कहिले सम्झाउछस् सरकार? सरकार मेरो लास माथी बलत्कार नहोस् ।