अर्घाको बेल्टारीमा १७ बर्षिया एक किशोरी मृत फेला

अर्घाको बेल्टारीमा १७ बर्षिया एक किशोरी मृत फेला


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकावार्ड नं १० अर्घाको बेल्टारीमा एक किशोरी मृत फेला परेकी छिन् । 


अर्घाको बेल्टारी औवलेका फुंक बहादुर नेपालीकी १७ बर्षिया छोरी पुष्पा नेपाली आज शनिवार मृत फेला परेकी हुन् ।

शुक्रवार साँझ ७ बजे आफ्नै कोठामा सुत्न गएकी पुष्पालाई आज बिहान परिवारले झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । पुष्पाले श्री जनज्योति उच्च मावीमा १२ मा अध्यनरत थिईन् । 

शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु