केटी पक्षबाट प्रतिकार हुनु स्वाभाविक हो

केटी पक्षबाट प्रतिकार हुनु स्वाभाविक हो

अम्बरिश पोख्रेल , 
सन्धिखर्क वार्ड नं २

केटी पक्षबाट प्रतिकार हुनु स्वाभाविक हो ।
 
१. कसैका छोरी_बेटीहरुलाई  पन्ध्र बीस जना अर्को गाउँका उरन्ठेउला केटाहरु एन जियोका (NGOs) मानिसहरूसँग मिलेर रातको समयमा जबर्जस्ती अपहरणको शैलीमा बाउ आमाको काखबाट थुतेर लान पाइन्छ त ? जरुर पाइँदैन । निजका बाबु आमाको पनि छोरीहरू प्रतिको माया मोह कर्तव्य तथा जिम्मेवारी मात्र होइन इच्छाहरू पनि हुन्छन् । अन्य कोही अमूक केटोले जबर्जस्ती बिहे गर्न खोज्दैमा दिनु पर्छ भन्ने छैन, छ र? कयौ सवालहरुमा छोरा छोरीको इच्छा विपरीत पनि बाबु आमाहरुले आफ्नो निर्यण गर्न सक्नुहुन्छ । गर्नु पर्छ पनि । त्यो उहाँहरूको निजी कुरा हो । 

२. शायद समयमै सूचना पाएको हुनाले गाउँलेहरूले प्रतिकार गरेको देखिन्छ । उनीहरू प्रतिकारमा नपरेको भए, बाबु आमा लाई धम्काएर अपहरण गर्ने नियत देखिन्छ, केटा पक्षको स्पष्ट रूपमा । त्यो गर्न कुन कानुनले पाइन्छ ? त्यो अपहरण को प्रयास थियो, असफल भएको मात्र होइन कि एउटा अकल्पनीय घटनाका रूपमा देखा पर्न गएको छ । नरसंहार निम्त्याउने खालको प्रतिकार भएको छ । त्यो बेला संयमता अपनाउन सकेनन् गाउँलेहरूले । 

३. तर हामी स्पष्ट हुनु पर्छ अहिले देखि, यो र यो प्रकारका समस्याहरूमा । त्यो के हो भने, आगामी दिनहरुमा नेपालका गाउँ गाउँमा, एउटा टोल र अर्को टोल बसीको बीचमा,  ठूला ठूला जातीय, क्षेत्रीय र धार्मिक आक्रमणहरु हुँदै छन् । यो र यो प्रकारका घटनाहरूको स्तर,  त्यो समयमा एकदमै गौण मानिने छ । दर्जनौ मानिसहरूको ज्यान लिने दिने काम हुने छ क्षणभरमै । त्यो समय हामी सबैले पर्खिरहेका छौं । 

४. यसको विजारोपण को रूपमा नेपालको संविधान मै स्पष्टसँग जातीय संरचनाको ब्यबस्था गरिएको छ । किन गरेको त्यो व्यवस्था ? को_ कसले गरेको यो व्यवस्था ? अझ एकथरीले त अहिले पनि प्रत्येक दिन जातीय राज्यको माग गरेको सुनिन्छ । विगतमा घनीभूत रूपमा माग  गरिदै आएको कुरा पनि प्रस्ट छ, ओली नेतृत्वको एमालेले यसलाई किनारा लगाएको हो । 

५. रुकुम चौरजहारीको जनताले एकै पटक जातीय, क्षेत्रीय र वर्गीय कुराको प्रतिनिधित्व गर्नु सामान्य हो । संविधानमै त्यही कुराको प्रबर्दन गरिएको छ ।

५. त्यसैले, त्यो एउटा दुःखद भवितव्य घटनाको रूपमा लिनु पर्ने देखिन्छ । अन्यथा अहिलेको संविधानको पुनर्लेखन गरिनु पर्दछ र नेपालमा शान्ति तथा विकासको मार्ग प्रसस्त गर्नु पर्ने भएको छ । के त्यो हामीले गरौंला ?  वा आगामी दिनहरूमा ठूला ठूला नरसंहारको सामना गर्न बाध्य हुने छौ । 
अस्तु । 

अन्य समाचारहरु