छत्रदेव गाउँपालिकाद्वारा तालिम गोष्ठी स्थगित गरी २० लाख ५० हजार रुपैयाँ बिपत कोषमा जम्मा गर्ने

छत्रदेव गाउँपालिकाद्वारा तालिम गोष्ठी स्थगित गरी २० लाख ५० हजार रुपैयाँ बिपत कोषमा जम्मा गर्ने

सुर्य भुसाल 

छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाबाट बिभिन्न तालिम गोष्ठीका लागि तयार गरिएका कार्यक्रमहरु स्थगित गर्दै सो पैसा २० लाख ५० हजार रुपैयाँ गाउँपालिकाले स्थापना गरेको बिपत ब्यबस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो । 

गाउँपालिका भित्र बितरण गरिएको राहात सबै वार्डहरुको अबस्था बिकास निर्माणमा लकडाउले पारेको प्रभाब क्वारेन्टाइन निर्माण होम क्वारेन्टाइनमा बसेका स्थानियको अबस्था अब गाउँपालिकाले गर्नु पर्ने भुमिका लगाएतका बिषयमा गम्भीर समिक्षा गर्दै लकडाउका बेला यस्लाई प्रभाबकारी बनाउने र कोरोना र‍ोग नियन्त्रणका लागि सबैले महत्त्वपूर्ण भुमिका निर्भाह गर्ने समेत बैठकले निर्णय गरेको प्रशासकिय अधिकृत भुसालले जानकारी दिनु भयो । 

निकै मिहिनेती तथा अनुभबि जनप्रिय कार्यालय प्रमुख पाउदा गाउँपालिका भित्रका स्थानियबासीहरु हर्सित छन ।

गाउँपालिकाले स्थापना गरेको बिपत ब्यबस्थापन कोषमा हालसम्म १२ लाख ८० हजार ५ सय अठसठ्ठी रुपैया जम्मा भएको अधिकृत भुसालले जानकारी दिनु भयो ।

गाउँपालिका बिपत ब्यबस्थापन खातामा सबैभन्दा बढि सहयोग छत्रदेव गाउँपालिकामा उठेको छ । सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिएको छ ।

अन्य समाचारहरु