धारापानीका विधालयहरुमा धमाधम कोरोनाविरुद्ध मोडर्ना खोप लगाईदै

धारापानीका  विधालयहरुमा धमाधम कोरोनाविरुद्ध मोडर्ना खोप लगाईदै


अजय के.सी | अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धारापानीका विभिन्न विधालयहरुमा कोभिड-१९ विरुद्ध मोडर्ना खोप लगाउने अभियान जारी रहेको छ ।  


स्वास्थ्य चौकीले संचालन गरेको १२-१७ बर्ष उमेर समुहका किशोर किशोरीहरुलाई कोभिड-१९ विरुद्ध मोडर्ना खोप मंसिर ५ गते श्री प्रभाकर मा.बि. थारपाइलामा जम्मा ८६ जनामा पुरुष ४८ र महिला ३६ जना त्यसैगरी आज मंगलवार गते श्री अन्नपूर्ण मा.बि. रातामाटामा जम्मा १४३ जनामा पुरुष ६७ र महिला ७६ जनाले पहिलो मात्रा खोप लगाइएको छ । 

भोलि बुधवार गते श्री शान्ति मा.बि. धारापानीमा खोप कार्यक्रम संचालन हुने भएको छ । यहाँ शान्ति मा.बि., बिरेन्द्र आ.बि., लक्ष्मी आ.बि. र ब्राइट फिउचर इङलिस बोडिङ स्कुलका विधार्थीहरुलाई खोप लगाइने बताइएको छ । 

अन्य समाचारहरु