अर्घाखाँचीमा कांग्रेसका उच्च नेताहरु आफ्नै वार्डमै असफल

अर्घाखाँचीमा कांग्रेसका उच्च नेताहरु आफ्नै वार्डमै असफल
 

लक्ष्मण घिमिरे 

अर्घाखाँची । नेकपा एमाले विरुद्ध एकजुट भएर निर्वाचन लडेको ५ दलिय गठबन्धनको अवस्था नाजुक देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाको बिजोक अवस्था बनेको छ । जिल्लाका ६ स्थानियतह मध्ये पाणिनी गाउँपालिका प्रमुख/उपप्रमुख, मालारानी गाउँपालिका प्रमुख/उपप्रमुख र छत्रदेव गाउँपालिकाको उपप्रमुख समेत एमालेले आफ्नो पक्षमा पारेको छ ।

पाणिनी गाउँपालिकामा नेकपा एमालेका टेकराज न्यौपाने अध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा एमाले कै नर्मदा पौडेल विजयी भएकी छिन् । मालारानी गाउँपालिकाको प्रमुखमा एमालेका दल बहादुर भट्टराई र उपप्रमुखमा दिपा पोख्रेलले जितेका छन् । छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भए भने उपाध्यक्षमा एमालेकी मनी पन्थी विजयी एकी छिन् ।

नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्घाखाँचीमा अधिकांश माओवादी नेता कार्यकर्ता एमालेमै समाहित भए । त्यसकारण एमाले झनै बलियो बनेर उदाएको छ । नेपाली कांग्रेसका उच्च तहका नेताले आफ्नै वडा जिताउन सकेका छैनन् । पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल, पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, बिष्णु मुस्कान, वर्तमान जिल्ला सभापती केशव श्रेष्ठले आफ्नो वडा समेत जोगाउन असमर्थ भए ।

उता एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी, केन्द्रिय सदस्य चेतनारायण आचार्य, चन्द्र खड्का, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले आफ्नो वडामा कब्जा जमाउँदा ५ दलको जोडजाम गर्दा पनी कांग्रेस लगायत गठबन्धनका नेताहरु पुर्ण असफल देखिएका हुन् ।

अन्य समाचारहरु