बल्कोटमा अपाङ्गहरुलाई घरमा नै पुगेर कोरोना खोप लगाइयो

बल्कोटमा अपाङ्गहरुलाई घरमा नै पुगेर कोरोना खोप लगाइयो


अर्घाखाँचीडट्कम संवाददाता 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटमा अपाङ्गहरुलाई घरमा पुगेर कोरोना बिरुद्दको खोप लगाइएको छ । 


बल्कोटको झिरबास रानिपोखरामा रहेका क र ख बर्गका अपाङ्गहरुलाई बल्कोट प्राथमिक स्वस्थ्य  केन्द्रका स्वास्थ्यकर्मीहरुले घरमा पुगेर कोरोना बिरुद्दको जोनसन एण्ड जोनसन खोप लगाएका हुन् । 

खोप केन्द्रमा आउन नसकेका अपाङ्गहरुले जनप्रतिनिधि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी घरमा नै आएर खोप लगाईदिएपछि खुशी व्यक्त गरे । 

बल्कोट खोप केन्द्रमा बिदेश जान तयारी गरेकाहरु, क र ख बर्गका अपाङ्ग र ५० वर्ष नाघेका नागरिकले जोनसन एण्ड जोनसनको खोप लगाएका थिए । 

यहाँ जोनसन एण्ड जोनसनको खोप ११० डोज, चिनियाँ खोप 'कोभ्याक्स' २८६ डोज र भारतको कोभिसिल्ड ३६० डोज गरी ७५६ डोज खोप लगाइएको छ ।   

अन्य समाचारहरु