पोखराथोकमा गर्भवती महिला पोषण कार्यक्रम सम्पन्न

पोखराथोकमा गर्भवती महिला पोषण कार्यक्रम सम्पन्न

डिआरजी सुमन 

पोखराथोक, अर्घाखाँची (अर्घाखाँची डटकम) - पाणिनी गाँउ पालिका पालिका वडा नं २ पोखराथोक स्वास्थ्य चौकि मा सोमवार सम्पन्न गर्भवती तथा सुत्केरी महिलाको लागी पोषणकार्यक्रममा २६ जना महिला ले २/२ क्यारेट्स अण्डा र सरसफाई का सामग्री प्राप्त गरेका छन । 


पाणिनी गाँउ पालिका स्वस्थ्य शाखाप्रमुख शेषकान्त घिमिरेको प्रमुख आथित्यता,पोखराथोक स्वास्थ्य चौकि संरक्षक अच्युत गौतम को विशिष्ट आथित्यता र पाणिनि गाँउपालिका २ नं वडाध्यक्ष चन्द्रकान्ता पौडेलको अध्यक्षता रहेको कार्यक्रम को संचालन पोखराथोक स्वास्थ्य चौकि प्रमुख धुर्वराज घिमिरेलेगर्नु भएको थियो । 


पोखराथोक स्वास्थ्य चौकिको सभाहलमा सम्पन्न कार्यक्रममा पोखराथोक स्वास्थ्य चौकि का निवर्तमान व्यावस्थापन समितीपदाधिकारी लाई दोसल्ला र सम्मान पत्र मार्फ़त सम्मान गरिएको छ । पाणिनि गाँउ पालिका स्वास्थ्य शाखा सह संयोजक राम प्रसादघिमिरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पोखराथोक प्रहरी चौकि प्रमुख,पाणिनि गाँउ पालिका वडा नं २ वडा सचिव ,स्वास्थ्य कर्मी,महिलास्वायमसेविका ,जनप्रतिनिधी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । - तस्वीर डिआरजी सुमन/पोखराथोक अर्घाखाँची।


अन्य समाचारहरु