निरन्तर देशभर वर्षासँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सबै सुरक्षा निकायलाई हाइ अलर्टमा बस्न गृहको निर्देशन

मनसुन सक्रियताले देशभर वर्षासँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सरकारले त्यसका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ ।


केही दिनदेखि निरन्तर वर्षात्ले देशका विभिन्न स्थानमा पुर्‍याउन सक्ने प्राकृतिक प्रकोप र विपत्तिका घटनालाई ध्यानमा राखी गृह मन्त्रालयले आवश्यक सजकता अपनाएको हो । सेतोपाटीमा समाचार छ । 

बाढी पहिरो घटनाका लागि सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए। उनले वर्षात्ले देशका केही स्थानमा पहिरो र बाढीका घटना भए पनि अहिले अवस्था समान्य रहेको बताए।

तराईका जिल्लामा डुबानबाट मानवीय क्षति हुन नदिन नदीमा पानीको बाहबबारे तटीय क्षेत्रका जनतालाई सूचना दिने प्रणाली विकास गरिनुका साथै बाढी, पहिरो र डुबानबाट मानवीय क्षति हुन नदिन देशका सबै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक प्रकोपका घटनामा उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच धादिङको री गाउँमा पहिरोमा फसेका १९ मध्ये हालसम्म १४ जनाको उद्धार गरिएको र बाँकी पाँच जनालाई आइतबार उद्धार गरिने प्रवक्ता कोइरालाले बताए। मनसुन न्यूनचापीय रेखाको प्रभावले केही दिनदेखि मुलुकभर बद्लीसँगै अधिकांश भेगमा वर्षात् भएको छ । निरन्तर वर्षात्ले तराईका केही स्थानमा डुबानका साथै पहाडी भेगमा पहिरोको जोखिम निम्त्याएको छ । सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु