महन्थ ठाकुरको आफ्नै पूर्व गाडी चालकले उनकै घरमा चोरी गरे



गत भदौं २४ गते तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीस्थित निवासमा चोरी गर्ने ठाकुरकै पूर्व सवारी चालक भएको खुल्न आएको छ।

ठाकुरका पूर्व सवारी चालक रन्जितप्रसाद गुप्ताले नै उनको घरमा गएर चोरी गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।
सर्लाही पिडाडी गाविस ३ घर भएका गुप्तालाई महन्थ ठाकुरले गत फागुन महिनामा जागिरबाट निकालेका थिए।

सवारी चालकको काम गरेपनि उनले आफूलाई ठाकुरको स्वकिय सचिव हुँ भन्दै पैसा उठाउन थालेपछि ठाकुरले उनलाई चेतावनी दिएका थिए। चेतावनी दिदाँ पनि रकम उठाउन र अवान्छित काम गर्न थालेपछि ठाकुरले उनलाई हटाएका थिए।

ठाकुरले रकम कहाँ राख्ने गरेको, घरको सबै विषयमा पूर्ण जानकारी भएपछि उनले चोरी गर्ने योजना बनाएका थिए।

त्यसपछि गुप्ताले महोत्तरीका प्रचण्डप्रताप सिंहलाई साथमा लिएर ठाकुरको घरमा चोरी गर्न गएका थिए। उनीहरुले बिफ्रकेशमा रहेको ६० लाख चोरेका थिए।
ठाकुरको छोरीलाई खुकुरी देखाइ आँखामा खुर्सानीको धुलो लिएर बिफ्रकेश बोकेर उनीहरु भागेका थिए। प्रहरीले लामो अनुसन्धान गरेपछि उनीहरुलाई काठमाडौ र भक्तपुरबाट पक्राउ गरिएको डिएसपी रमेश थापाले बताए।

उनीहरुले दोस्रो प्रयासमा ठाकुरको घरमा चोरी गरेका हुन्। चोरी गर्ने अघिल्लो दिन उनीहरु ठाकुरको घरमा गएपनि सफल हुन सकेका थिएनन्। सेतोपाटीले लेखेको छ ।





अन्य समाचारहरु