छत्रदेव गाउँपालिकालाई रेडक्रसले दियो अत्यावश्यक स्वास्थ्य सामाग्री

छत्रदेव गाउँपालिकालाई रेडक्रसले दियो अत्यावश्यक  स्वास्थ्य सामाग्री

दिपेन्द्र श्रेष्ठ 

 छत्रदेव, अर्घाखाँची बैशाख २१ आइतबार । कोरोना भाईरस (Covid-19) को महामारीको विषम परिस्थितिमा संग्क्रमण हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अबस्थामा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकालाइ कोरोना भाइरसको को संक्रमण रोकथामको लागि बिभिन्न संघसस्थाहरुले दिनानुदिन स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिरहेका छन।

यसैक्रममा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाले पनि अत्याबश्येक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति कुशल भुसाल उपसभापति कैलाश कुमार श्रेष्ठ र छत्रगन्ज उप-शाखाका पदाधिकारीहरु गाउँपालिकाको कार्यलयमा उपस्थित भइ छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल र पालिकाका स्वास्थ्य शाखाका प्रमुख लागायेतको रोहोबरमा स्तरीय थर्मलगन-१ थान,सर्जिकल मास्क-२००थान,पन्जा-५०थान लगायतका स्वास्थ्य सामाग्री सामाजिक दुरी सहितको एक बिशेष कार्यक्रमका बीच आइतबार दिउसो हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानाकारी दिनुभयो। भुसालका अनुसार उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरु पालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु र भाइरस सङ्क्रमणको उच्च जोखिम रहने संघसस्थाहरुमा वितरण गरिने बताउनु भयो। 

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परोपकारी सस्था नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले कोरोना भाईरस (Covid-19) को महामारीबाट बिस्व नै आक्रान्त र त्रसित बनिरहेको दुखद परिस्थिमा छत्रदेव गाउपालिकालाई लाइ गरेको सहयोग प्रति छत्रदेव गाउँपालिकाको तर्फबाट पालिकाका प्रमुख लेखनाथ पोख्रेलले धन्यवाद दिदै रेडक्रस सोसाइटी नेपालमा मात्र नभई बिश्व जगतमै मानब जातिको रक्षाकवच जस्तै परोपकारी सस्था बन्न सफल रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिभिन्न शाखाका पदाधिकारीहरुलाई पालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले अबिर र खादा ओडाएर सम्मान गर्नुभएको थियो।

नेपाल रेडक्रस सोसाइटीले सरकारका हरेक तहतप्कासंग सहकार्य गरि राहत र सहयोग गरिरहेको र अर्घाखाँची शाखा पनि सोहीअनुसार जिल्लाका सबै स्थानीय तहहरुमा सहकार्य गरिरहेको र आगामी दिनमा आबश्येक परेमा क्वारेनटाइन थप् बिस्तार गर्नु परेमा पनि सहकार्य गर्न तयार रहेको र रेडक्रस सोसाइटी अर्घाखाचीले क्वारेनटाइन राखिएका स्थलहरुमा क्वारेनटाइनको समय सकिय लगतै भाइरस डिस्फेक्टेड गर्न किटानासक औषधि छर्कने ब्याबस्थाको लागि आफुहरुले तयारि गरिरहेको र छत्रदेव पालिकाले परोपकारी सस्था रेडक्रससंग सहकार्य गर्ने वातावरण सिर्जना गरेकोमा रेडक्रस जिल्ला शाखाका सभापति कुशल भुसालले छत्रदेव गाउँपालिका प्रति आभार प्रकट गर्नुभयो।

अन्य समाचारहरु