मजदुर (कविता)

मजदुर (कविता)

पीताम्बर भट्टराई

राेदा आत्मा धरधर गरी आसुधारा बगेकाे
देशै आफ्नाे समझमन आएर टाेलिन्छु अहाे
बाटाे त्याे हेरछु मनसगै आसुथाेपा बहेकाे
त्याे थाेपा घामसंग मिली हांसेर मत्ता रहेकाे।।

मान्छेकाे भाब नयन म पढें सार रम्य म पाएं
आफै मात्रै सकससंग बाचेछु भन्ने म पाएं
चिन्ता तिन्काे छ छहिन ल मैले नबुझे नजानें
परदेशी भै मतअबुझभै बस्छु काेठा मटाने ।।

साेह्रै घण्टा मसिन शीत खेल्छु पसिना बगाई
खानेबेला टलनि कहिले बस्छु भाेकै म प्यासै
जाडाे न्यानाे गरम बहने त्याेछ ताताे अतासै
हिड्दै जादा सडक तिर तातै कतै छैन बतासै

संझेकाे हाे घरतिर छमाया असाध्यै मनैमा
त्यसैले अाेभर गरछुड्यूटी यहाँ रात बेला
राेगैभाेकै बस्छुसब बेला सहेरै म झेला
गर्नेहाे काम पशु सरि जाेतेर ज्यालै मन्मारा ।।

निद्रामा आजसंगिहरु देखें र देहै रमायाे
प्यारी देख्दा झन खुसि हुदैप्यार धेरै पलायाे
आमाकाे प्यारपनि मत आजै ल धेरै सतायाे
केटा केटी छुनुमुनु थिए जाग्दा ती हराए ।।

धेरै बेचें श्रम तलब थाेरै बुझदै म आएं
हाले जस्ताे बिलिन रहने बालुमा पानी जस्ताे
अर्कैले खान्छधनजन मेरा श्रमैले फलेकाे
त्यसैले आज मनछ य हां तेल झै भाे जलेकाे।।

पाराैं जस्ताे मनछ अहिले खार खाने गरेकाे
तेसैले आज मजदुर उठने छ बेला परेकाे
घर्मै जाने मन चलछ आजै अबेरै भएकाे
आगाे बाल्दै अब खरानी पाराै अन्यायैभाे सारै