"आमा मेरो नाममा एउटा बिरुवा रोपिदेउ"

मधुसुधन पाण्डे 

काठमाडौ असार १५ गते |   म काठमाडौ मा छु ! सबै तिर खोचा खोच र स्वार्थै स्वार्थले भरिएको यो जिउँदै मरेको शहर लाग्छ मलाई !!

देश कै सर्बाधिक जनघनत्व भएको शहर हो काठमाडौ ,अवसर भन्दा पनि चुनौतीले भरिएको पहाड हो यो। सबैले भन्छन केहि गर्न काठमाडौ , केहि हुन काठमाडौ , केहि बन्न काठमाडौ । तर म भन्छु जिउँदै मर्न काठमाडौ ! 

आफुलाई नियन्त्रण गर्न नसकेर आफ्नो क्षमता र औकात भन्दा माथी सपनाहरू देखाएर सागरमा खसाउने शहर  हो काठमाडौ !!

घरपरिवारको कमजोर आर्थिक अवस्था , भबिस्य माथिको चिन्ता अनि आफन्तको आसा लाई मर्न नदिन कै निमित्त  हजारौं युवा बिरक्तिएको शहर  हो काठमाडौ !!

तिम्रो न्यानो काखको याद काठमाडौ को कुनै सुख सैलले दिएन, हरेक रात निदाउने बेला तिम्रो काख सम्झेर आँसु खसाउने गरेको छु। आमा व्यक्त गर्ने सब्दै नभएको असीमित प्यार तिमिलाई ...!

हो आमा, हजारौं अभावले यहाँ सयौ प्रतिभाहरु दबाबमा बस्न बाध्य छन ! तर तिम्रो नैतिक शिक्षा र असल सस्कार ले मलाई कहिले खराब बाटो हिड्न त के सोच्न पनि दिएन , धन्य छौ आमा ! 

आमा...
हो तिम्रो एक ठुलो सपना देखेर अहोरात्र संघर्ष गर्दै गरेको एक छोरा म नै हु , आमा! म नै हु ! आजको दिन सम्म पनि तिम्रा हात पाउले विश्राम लिएका छैन्न, आमा सम्झिन्दा मन भक्कानिएर आउँछ, तर..... 
तर...आमा....
 मलाई यसरी भावनामा बहकिएर आफुलाई कम्जोर बनाउनु पक्कै छैन ! मलाई हजारौं अभाव माथि एउटा सुन्दर फुल रोप्नु छ जहाँ म तिम्रो सुन्दर मुहार देख्न चाहान्छु।

आमा ! थाहा छ म तिम्रो ऋण कहिले तिर्न सक्दिन , लाखै लाख तिम्रा गुण म यो जीवनकालमा तिरेर नसकौला  तर पनि हिम्मत हार्ने छैन, साहास टुटाउने छैन , तिम्रो अनुहारमा कहिले पनि निरास हुने कर्म गर्ने छैन आमा तिम्रो कसम !!

आमा! म तिम्रो ऋणमा छु तर फेरि आखाका डिल भरी आँसु का ढिक्का निकाल्दै मन नभई नभई  आज फेरि एउटा ऋण थपी माग्दैछु ! आमा 99 ऋण तिर्न सक्ने साहास राख्नेले 1 जोडेर 100 बनाउदा तिर्न सक्ने साहास पक्कै टुटाउदैन।आमा तिम्रो ऋण तिर्न सक्दिन थाहा छ तर आज फेरि हजारौं रहर गुमाएर फेरि अर्को ऋणको भिख  माग्दैछु।

म तिम्रो सपना पूरा गर्न काठमाडौ आएको हु। दु:ख  सु:ख स्नातकोत्तर  सम्मको अध्यन सकाएको छु आमा तर अझै आफ्नो पन देख्न सकाएको छैन।

सरकारले स्नातकोत्तर  सके पछि कम्तीमा पनि एउटा बिरुवा रोप्नै पर्ने नत्र सर्टिपिकेट नदिने कानुन बनाएछ आमा! हामी गरिबको छातिमा प्राहार गरेको छ। आमा यो काठमाडौ हो यहाँ बिरुवा अर्काको जग्गामा रोप्न नहुने ,तर आफ्नो शहरमा केही छैन आमा !

सके सम्म यो पीडा तिमिलाई सुनाउन मन पटक्कै थिएन! काठमाडौका सयौ सार्बजनिक जग्गामा गएर हेरे ! आमा ! माफियाहरुले सब ब्यक्तिको नाम मा लगेछन। आमा म एक बिरुवा कहाँ रोपौ?

हो आमा, मलाई माफ गर ! तिमिलाई म पढाइ सकेर जागिर खाएर काठमाडौ घुमाउछु भनेको थिए! पशुपति नाथको मन्दिर दर्सन गराउछु, सिंह दरबार परिसर घुमाउछु, त्रिभुवन बिश्वबिद्धालय , त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थान , भक्तपुरका ती दरबार हरु लगाएत सबै सार्बजनिक ठाउँ घुमाउछु भनेको हिजो जस्तो लाग्छ । 
.....तर आमा मलाई माफ गर यी सब माफिया हरुले आफ्नो नाममा बनाएछन आमा तिम्रो सपना अधुरो हुने भयो।

काठमाडौ मा हाम्रो कोहि छैन एक पाईला पनि पैसा तिरेर हिड्नु पर्छ,पैसा तिरेर टेक्नु पर्छ आमा मैले बिरुवा रोप्ने ठाउँ देखिन।त्यसैले आज तिमी सङ्ग फेरि ऋण माग्दैछु।

हो , आमा हामी गरिब छौ हामी जस्तो गरिबलाई ऋण अरु कस्ले दिन्छ?? आफ्नो आङ्ग मा लाउने नहुदा पनि पसल छेउ पुग्दा के लाउछस छोरा? भन्ने आमा मात्रै हुन,आफ्नो पेट खाली हुदा हुदै  पनि आफ्नो गाँस कटाउने आमा मात्र हुन। हो आमा मलाई ऋण दिने तिमी मात्रै हौ।

गाउँमा उत्पादन बिनाको मुल्य हिन जग्गा हाम्रो अँखाले भ्याए जत्ती छ हो त्यही पाखोले तिम्रो जवानी सिध्यायो आमा।  हो त्यही पाखो सधै हामी जस्त धनको गरिब र मनको धनिको लागि रहेछ। 

आमा ! त्यस्तो चरम गरिबिमा पनि मलाई कुनै अभाव हुन दिएनौ आमा आज सम्म पनि तिम्रो मुहार हेरेर हाँस्ने गरेको छु।म चाडै तिम्रो सपना लिएर घर आउदैछु आमा तर पहिले ...पाखो बारिमा एउटा सनो बिरुवा रोपिदेउ।   - बल्दिप चौहान, ताप्लेजुङ