छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म ५६ लाख १९ हजार २ सय ५५ रुपैयाँ जम्मा

छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म ५६ लाख १९ हजार २ सय ५५  रुपैयाँ जम्मा

सुर्य भुसाल

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म ५६ लाख १९ हजार २ सय ५५  रुपैयाँ जम्मा भएको छ । 

छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार राहत कोषमा अहिलेसम्म ५६ लाख १९ हजार २ सय ५५  रुपैयाँ जम्मा भएको हो ।

महाबिपतीका बेला सहयोग गर्ने सबै सहयोगी मनहरुलाई यस्तो उदारणिय कार्य गरेको भन्दै धन्यवाद दिदै बिपत कोषमा रकम सहयोग गर्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालले निकालेको धन्यवाद पत्रमा उल्लेख छ ।

अन्य समाचारहरु