स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका

स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका
डिआरजी सुमन

निर्वाचनको समय निकट आई रहदा विभिन्न पार्टीविचको प्रतिस्पर्धा कड़ा वन्दै गएको छ । कयौँ राजनितीक दल निर्वाचन आयोगले लागु गरेको निर्वाचन आचारसंहिता समेत दुरुपयोग गरेर प्रचार प्रसारमा लागेको पाईएको छ । जनताले आ आफ्नो स्थानीय तहमा स्वच्छाले मताधिकार प्रयोग गर्ने परिपाटी हुदाहुदै पनि कुनै कुनै स्थानमा दवावका भाषा प्रयोग गरिएको पनि पाईएको छ ।

राजनीतिक पार्टीमा आस्था राख्ने पत्रकारको संगठन नेपाल पत्रकार महासंघका सदस्य र पदाधिकारी पनि यस पटकको निर्वाचनमा आफु निकट राजनितीक दलको टिकट लिएर उमेदवारी दिएका छन । विजय र पराजय आ आफ्नै स्थानमा जनमतले प्रमाणित गर्ने छ तर पत्रकारको दोहोरो चरित्र जनता र मुलुकको हितमा भने पक्कै छैन । यथार्थ विषयहरुमा वहस गरिरहदा लक्षित वर्गलाई तत्काल सुन्दा वा पढ्दा राम्रो नलाग्न पनि सक्छ तर सत्यता भनेको सदैव तितो पक्कै हुन्छ ।  

नेपालमा संविधानको मानमर्यादामा धेरै पक्षवाट धावा वोलिएको छ । तरल राजनितीको कारण मुलुकभरवाट दैनिकजसो पत्रकारमाथी आक्रमण भएको छ । पत्रकार महासंघ नै राजनितीक दल निकट भएको हुदा दोषिमाथी कार्यवाही गर्न समेत त्यती सहज भने पक्कै छैन । केहीदिन अघि अर्घाखाचीमा एक पत्रकारमाथी आक्रमण भएको खवर सेलाउन नपाउदै फेरी नयाँ एफ़एमका कार्यक्रम संचालकमाथी धावा वेलिएको छ । यसप्रति सम्वन्धित निकाय के गर्न सक्छ वा कानमा तेल हालेर वस्छ त्यों समयले आफै वताउने छ ।

स्थानिय निकायको दोस्रो चरणमा हुदै गरेको निर्वाचनमा निर्वाचन स्थलमा प्रवेशको लागी पत्रकार पास दिने विषयमा निर्वाचन आयोगले कसलाई छनौट गर्छ त्यो निकै सोचनीय विषय छ । यदि पास दिने क्रममा राजनितीक दल निकट पत्रकार छनौट गरिएको खण्डमा चितवन काण्ड नदोहोरिने संभावना कम छ । यस समयमा दल निकट पत्रकार सत्य तथ्य समाचार भन्दा पनि आफ्नो निकट राजनितीक दलका उमेदवारको पछि दौड्ने छन । निर्वाचन संचालन भईरहेको क्षेत्रमा प्रवेश प्रेस पास दिदै गर्दा विशेष ध्यान दिएर प्रदान गरिएको खण्डमा निर्वाचन परिणाम जनताले सत्य तथ्य रुपमा निर्वाचन आयोग र तत् निकायवाट सिधा प्राप्त गर्न सक्ने अधिकारको रक्षा हुनेछ । राजनितीक दल निकट पत्रकार दोहोरो चरित्र अवलम्वन गर्नमा धेरै सक्रियता जनाउने निश्चित छ । आफ्नो निकट पार्टी विरुद्ध वोल्दा भोलीका दिनमा वाच्न नै संकट हुने र सत्य समाचार वाहिर नल्याउदा जनताले विश्वास गर्ने आधार हराउने हुदा कुनैपनि दल निकट पत्रकारलाई निर्वाचन आयोगले पास उपलब्ध नगराउनु नै सर्वोत्तम विकल्प रहने छ ।

कुनैपनि स्थानीय निकायमा खटिएका सम्पुर्ण निर्वाचन अधिकृतहरु संयमित भई जनमतको रक्षार्थ प्रतिवद्ध रहदै कुनैपनि संकास्पद चलखेल भएमा तत्काल सुरक्षा निकायलाई परिचालन गर्न तयार हुन जरुरी छ । निर्वाचनको लागी खटिएका सुरक्षाकर्मी पनि कुनैपनि पक्षवाट जनताको मताधिकारमाथी धावा वोल्न खोज्ने जोसुकै भएपनि कुनै पनि डर नमानी तत्काल गिरफ़्तार गरि नज़रबंद गराउने वा जवरजस्ती गर्न खोजेमा खुट्टामा गोली हान्ने वा अश्रु ग्याँस छोड़ने गरी आन्तरिक तयारी गर्न जरुरी छ । 

सर्वसाधारण जनता अथवा मतदाताहरु यदि कतै समस्या देखिने संभाभना देखिएमा विशेष
सुरक्षाको व्यावस्था नहुन्जेल निर्वाचन स्थलमा प्रवेश गर्न हुनेछैन । जुन स्थानमा विपक्षले जित प्राप्त गर्न सक्ने संभावना देखिएमा हार स्वीकार गर्न नसक्नेहरुले विभिन्न षड्यन्त्र गर्न सक्ने हुदा वास्तविकता नवुझि अगाडी नवढ्नु नै राम्रो हुनेछ । स्थानिय निकायको निर्वाचन लक्षित भएको हुदा जनताले पाउने सुचनको वास्तविक हक़ सुरक्षित गर्न र जनतालाई यथार्थता जानकारी गराउन विनाकुनै त्रास स्वतन्त्र पत्रकारले सत्य समाचार लेख्नु अनिवार्य कर्तव्य हुनेछ । 

(लेखक - स्वतन्त्र पत्रकार महासंघ नेपालका केन्द्रीय पार्षद तथा पिएसएम व्युरो डिआरजी सुमन हो ।")

अन्य समाचारहरु