वर्षाका कारण आएको बाढीले झापामा ३४ घरपरिवार पूर्ण रुपमा विस्थापित, पाँच सय बढी घर डुबानमा

पूर्वमा मंगलबार रातिदेखि परेको वर्षाका कारण जिल्लाका नदी नालामा आएको बाढीले झापामा ३४ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन्। बाढीले पाँच सय बढी घर डुबानमा पारेको छ।
 
बिरिङ्ग नदीको बाढी गाउँ पसेपछि राजगढ-२ का ३ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत डिएसपी हरिप्रसाद शर्माले बताए। शर्माका अनुसार बाढीले अर्को गाविस घेराबारी ४ र ५  का २३ घर परिवार पनि विस्थापित बनाएको छ। बाढीको भङ्गालो गाउँ पसेपछि डुबान भएर विस्थापित बनेका सबै परिवारलाई राजगढ-१ को अमृत निम्न माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
 
डुबानबाट विस्थापित सबैलाई नेपाल रेडक्रस सोसाइटी झापा, स्थानीय गाउँले र प्रहरीले उद्धार गरेका थिए। विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी झापाले त्रिपाल, कमल र ड्राईफुड राहत वितरण गरेको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए। विद्यालयमा ७९ जनालाई आश्रय दिएको छ।
 
उता बिरिङ्ग नदीकै बाढीले घेराबारी-३ मा ३ वटा घर भत्काएको छ। बाढी घरभित्र पसेपछि घर भत्किएको रेडक्रस झापाका सभापति ढकालले बताए। स्थानीय तनु सोरेन, खारा सोरेन र तखुमुजा राजवंशीको घर भत्किएको प्रहरीले जनाएको छ। यता, चकचकी गाविसको ४ नम्बर वडामा पनि बिरिङ्गको भङ्गालो गाउ पसेर पाँच घर विस्थापित बनाएको छ। 
 
जनताको तटबन्ध कार्यालय गैंडे माइधारले निर्माण गरेको पाँचगाछी-७ को स्पर कनकाई नदीको बाढीले नाघेर बस्ती पस्दा गाउँ नै डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। यस्तै, बुधबार दिउँसो मेची नदीमा आएको बाढीले भद्रपुर

अन्य समाचारहरु