पालीमा मुटु रोगी दिनेश न्यौपानेलाई एमालेद्वारा आर्थिक सहयोग हस्तान्तरण सम्पन्न

पालीमा मुटु रोगी दिनेश न्यौपानेलाई  एमालेद्वारा आर्थिक  सहयोग हस्तान्तरण सम्पन्न


राज पाण्डे 

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा नेकपा (एमाले) को आयोजनामा मुटु रोगी दिनेश न्यौपानेलाई आर्थिक  सहयोग हस्तान्तरण सम्पन्न भएको छ । 


पालीमा एमालेले मुटु रोगी दिनेश न्योपानेलाई आर्थिक  सहयोग हस्तान्तरण सम्पन्न भएको हो । 

न्योपाने लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित छन् । उनलाई अक्सिजन दिनु पर्ने र लोडसेडिङको कारण बिजुली नहुँदा बेला- बेला अक्सिजन लिन समस्या परेकोले ब्याट्रीबाट  चल्ने अक्सिजनको लागि  सहयोग   गरिएको एमाले पालीले अर्घाखाँचीडट्कमलाई जनाएको छ ,। 

एमालेमा रहेका  विभिन्न  सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो । 

अन्य समाचारहरु