खिल्जीको स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ, अब परिक्षण गर्न बाहिर जान नपर्ने (फोटो फिचर)

खिल्जीको स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा  शुभारम्भ, अब परिक्षण गर्न बाहिर जान नपर्ने  (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीको स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पनि शुभारम्भ भएको छ।


खिल्जीको स्वास्थ्य चौकीमा शुक्रवारदेखि प्रयोगशाला सेवा शुभारम्भ भएको हो ।


प्रयोगशाला सेवाको नगर प्रमुख रेशम थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायर वार्ड प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 


प्रयोगशालाको उद्घाटन गर्दै थापाले आर्थिक अभावले अस्पताल जान नसक्दा आफुलाई के रोग लागेको समेत थाहा नपाउदाँ ठूला समस्यहरु बेहोर्दै आएकाले प्रयोगशाला संचालनमा ल्याएको बताउनुभयो । सुगर र टिबी रोगका लागि खकार परिक्षण गर्न निशुल्क प्रयोशाला सेवा दिईने जानकारी समेत दिनुभयो ।

अन्य समाचारहरु