गुल्मी घर भएकी चर्चित कलाकार दिसान्ती परियारको नयाँ गीत "के रैच यो मोया पिरती" सार्वजनिक
२०७८ फाल्गुन १३, शुक्रवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । गुल्मी जिल्लाको खैरेनी घर भएकी चर्चित कलाकार दिसान्ती परियारको नयाँ गीत "के रैच यो मोया पिरती" सार्वजनिक भएको छ ।
गुल्मी घर भएकी चर्चित कलाकार दिसान्तीको स्वर रहेको नयाँ गीत " के रैच यो मोया पिरती" सार्वजनिक भएको हो । " के रैच यो मोया पिरती" गीतमा दिसान्ती सहित नविन रानाको पनि स्वर रहेको छ ।
यस्तै यस म्युजिक भिडियोमा सब्द, संगीत नविन रानाको रहेको छ । साथै यस म्युजिक भिडियोको निर्देशन नविन राना र छायांकनमा दीपक गिरीको रहेको छ ।