सन्धिखर्क नगरपालिकाको कार्यालय माघ ७ गतेसम्म बन्द

सन्धिखर्क नगरपालिकाको कार्यालय माघ ७ गतेसम्म बन्द


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित १६ जना कर्मचारी कोरोना  संक्रमण भएपछि माघ ७ गतेसम्म नगरपालिकाको कार्यालय बन्द हुने भएको छ । 


सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित १६ जना कर्मचारीलाई सोमवार कोरोना संक्रमण भएपछि माघ ७ गतेसम्म नगरपालिकाको कार्यालयबाट दिईने सम्पुर्ण सेवाहरु बन्द हुने भएको हो । 

नगरप्रमुख भुसाल दोस्रो पटक कोरोना संक्रमण भएका हुन् । उनलाई गत वर्ष पनि कोरोना पोजेटिभ देखिएको थियो । 

अन्य समाचारहरु