२०७७ ज्येष्ठ २३, शुक्रवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका क्वारेन्टाइनमा ५ जना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा ३ जना, वार्ड नं. ६ धातिवाङमा १ जना, वार्ड नं. ७ अडगुरीमा १ जना गरी ५ जना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको हो ।
सबै ५ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।