ठाडाका गोपाल कुमार शिरिष काठमाडौँमा बलात्कारको आरोपमा पक्राउ, कतार उड्दै थिए

ठाडाका  गोपाल कुमार शिरिष काठमाडौँमा  बलात्कारको आरोपमा  पक्राउ, कतार उड्दै थिए


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं ( काठमाडौं ) ।  अर्घाखाँची  जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाका  गोपाल कुमार शिरिष काठमाडौँमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा  पक्राउ परेका छन् ।


नेपाल प्रहरीले ठाडाका ४३ वर्षिय गोपाल कुमार शिरिष सहित नौ जनालाई पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । शिरिष हाल कपिलवस्तु जिल्लाको वुद्दभुमीमा बस्दै आएका छन् ।  

काठमाडौँको बसपार्कमा रहेको गेष्ट हाउसमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । आज बिहान ९ बजेतिर गोपाललाई गोंगबुबाट पक्राउ गरिएको थियो ।

गोपालले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । गोपाल वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए । पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ ।

अन्य समाचारहरु