धर्मराज पन्थी
सगरमाथा हेल्पिङ फाउन्डेशन बुटवल देखि खटिएको९ सदस्यीय टोलीले डोल्पामा करिब १० विद्यालय मा अध्ययन गर्ने विपन्न वर्गका विद्याथी हरु लाई यो पुस को जाडो मौसम मा न्यानो कपडा वितरण गरेको छ ।
निकै दुःख र संघर्ष गर्दै यस अभियान सफल बनाउन टीम मेम्बर देखि धेरै देश र धेरै जिल्ला देखि सहयोग दाता हरु जुट्नु भएको थियो। पुस ४ गते डोल्पा काे लागि बुटवल हिँडेको टीम ले डोल्पा का बाबिरो आधारभूत विद्यालय , कर्णाली आधारभूत विद्यालय , हिमालयन आधारभूत विद्यालय , महादेव आधारभूत विद्यालय , सुभ कामना आधारभूत विद्यालय लगायत का विद्यालय मा अध्ययन गर्ने बालबालिका लाई सहयोग गरेको हो।
डोल्पा सदरमुकाम देखि करिब १२/१३ घण्टा हिँडेर हूँ , दूर गाउँ लगायत , काँडा ताली लगायत का ठाउँ मा टीम सगरमाथा ले उक्त अभियान सफल बनायो।
संस्था का संस्थापक अध्यक्ष किशन ज्ञवाली काे नेत्रित्व मा खटिएको टोली मा जनक केसी , एन्जिला भुसाल , प्रकृति न्यौपाने , राजन भण्डारी ,श्रीधर कँडेल , समीर चन्द्र डाँगी र मनिष सर र विमल सर काे समावेश हुनु हुन्थ्यो।
सहयोग अभियान का विभिन्न ठाउँ मा गरिएका कार्यक्रम मा स्थानीय समाजसेवी , बुद्धिजीवी , लगायत विद्यार्थी हरु को उपस्थिति रहेको थियो।
विकट ठाउँ मा यस अभियान ले उक्त ठाउँ का बिद्यार्थी हरु एकदम खुसी मुद्रा मा देखिन्थे ।
कार्यक्रम मा बिद्यार्थी का नाच हरु लगायत डोल्पा काे स्थानिय नृत्य पैसेरु नाच पनि देखाइएको थियो भने संस्था कै सदस्य प्रकृति न्यौपाने ले पनि आफ्नो नाच प्रदर्शन गर्नु भो।
डोल्पा काे करिब १० दिने अभियान मा टीम सदस्य हरु बीमारी समेत हुनु भाे तर पनि यस अभियान लाई सफल बनाउन उहाँ हरु हार मान्नु भईन।
डोल्पा अभियान भर हाम्रो टिम लाई खानपिन लगायत हरेक कुरा मा साथ दिने समीर सर लगायत सबै डोल्पा बासी लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं
र अन्त्य मा यस अभियान लाई सफल बनाउन सबै भन्दा ठूलो योगदान दिने यसै संस्था लाई हाल दुबै देखि हेर्दै र सहयोग गर्दै आउनु भएका दाजु लक्ष्मण भट्टराइ लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । र यस अभियान लाई सफल बनाउन साथ सहयोग गर्ने तपाईं सबै सहयोग दाता हरु लाई हामी एकमुष्ट रूपमा हार्दीक धन्यबाद ज्ञापन गर्दछौ ।
यो अभियान तपाईं हामी सबै काे योगदान ले नै सम्भव भएको छ । यस्तै थप अभियान हरु आगामी दिन मा पनि हामी लिएर आउने छौ।