अपराध गर्ने अपराधीलाई छुपेर बसेपनि इन्टरपोलद्वारा कारवाही गर्ने : श्रम मन्त्री श्रेष्ठ

अपराध गर्ने अपराधीलाई छुपेर बसेपनि इन्टरपोलद्वारा कारवाही गर्ने : श्रम मन्त्री श्रेष्ठ

टेकराज थापा 

कतार। नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ कतारको संयुक्त आयोजनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ  बीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरेको छ।

कतारको भ्रमण क्रममा रहनुभएका मन्त्री कृष्ण कुमार श्रेष्ठले आफु मन्त्रालयमा रहुन जेल सम्म देश र जनताको हितको पक्षमा सुधार   कार्यक्रममा  जोड दिने  एक्लैले मात्र सम्भवभ न रहेकोले  जनताको पनि सहि सूचना र  साथ् र सहयोगको आवस्यकता रहेको बताउनु भयो।

 नेपाल सरकारले  २०७२ देखि नै घरालु कामदारको रुपमा  बन्द गरेको स्मरण गराउदै भिजिट भिषामा अहिले सम्म के कति महिला कुन -कुन देश के कति छन।  भन्ने कुनै ठोस तथ्य नरहेको त्यसको  ब्यबस्थापन गर्न  सह सचिवको नेतृत्वमा एउटा कार्य दल गठन गरेको अलपत्र परेका दिदीबहिनी दाजुभाईलाई कुन मेनपावरबाट पठाएको हो। बिदेशमा अल्पत्र बनाउने यस्ता आपराध गर्ने अपराधीलाई जोसुकैलाई पनि न छाडने कारवाहीको दायरामा ल्याउने  अहिले सरकार  तत्पर  रहेको  अहिले सम्म ५३ मेनपावरलाई  कारवाही गरेको,  जहाँ छुपेर बसे पनि गलत काम गर्ने जोहो कोहिलाई पनि छुट नरहेको इन्टरपोलको माध्यमबाट नेपाल  ल्याउने कार्वाही गर्ने  बताउनु भयो ।

कतार सङ्गको सन् २००५ देखिको श्रम सम्झौतालाई थप मजदुरको हकहितमा परिमार्जन गर्न कतार सरकार सकारात्मक देखिएको भन्दै केही समय पछि कतारको प्रतिनिधि मन्डललाई नेपाल बोलाएकोले नेपाल मै द्विपक्षीय सम्झौता हुने बताउनुभयो । काम गर्ने इच्छा हुँदा हुँदै कानुनी र प्रक्रियागत कामले केही समय लाग्ने भन्दै निकट भबिस्यमा नै वैदेशिक रोजगारमा आउने कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडने, सातै प्रदेशबाट श्रम स्वीकृति गर्न आफू लागि परेको बिमानस्थलमा कर्मचारीहरुले गरिने व्यवहार बिशेष गरि खाडी मुलुक जाने रोजगारदातालाई हेरिने  दृष्टिकोण सबैमा सम्मान हुनु पर्नेमा जोड दिदै लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य गरेको फर्किदा पनि सहज बाताबरण  श्रीजना  गर्न पहल गर्ने बताउनु भयो।

आफु सुझाव र गुनासो सुन्न आएको  कुरोमा भन्दा पनि कामलाई बिशेष ध्यान दिने, तत्काल देशको अवास्था लाखौ युवाहरु ब्यरोजगार रहेको अवस्थामा त्यसको ब्यबस्थापन गर्न सरकार सक्षम न रहेको आफ्नो मातृभूमि परिवार छोडेर प्रदेश आउन कसैलाई रहर न रहेको  परिस्थित बाध्यताको अवस्थाले गर्दा लाखौ युवा युवतीहरु बिदेश जान बाध्य भएका नेपाल सरकारको कारणले गर्दा एक जना व्यक्ति कतार आउदा ४/६ महिना लाग्ने अब छिटै सिधा दुतावासमा क्लिक गर्दै बैदेशिक रोजगार विभागमा जाने व्यवस्था गर्ने तयारीमा रहेको  बताउनु भयो ।

कतार सरकारले कानुन मापदण्ड पुरा गरि भिसा दिएको फेमली भिषालाई अध्यगमान बिभाग पठाउन नदिएको बारे उपस्थिले आफ्नो जिज्ञास  प्रति आफ्नो मन्त्रालय भित्र न पर्ने गृहमन्त्रालय  र पर्यटन मन्त्रालय पर्ने भएको हुँदा सल्लाह गरि समस्याको समाधान गर्ने प्रतिबद्दता ब्यक्त गरे।  साथै जहाँ रहन्छौ  त्यहाँको नियम काननु , समाजलाई अप्ठयारो पर्ने  काम नगर्न अनुशासीत  भएर  काम गर्न अनुरोध गर्नु भयो।

कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले दोहा स्थित संघ संस्थाका प्रतिनिधि मार्फत कतारमा रहेका कामदारका समस्या र सरकारले गर्नुपर्ने काम बारे मन्त्रीलाई  ज्ञापन पत्र बुझाउनु भएको छ। महिला कामदारलाई दक्ष बनाएर सुरक्षित रोजगारीमा पठाउने लगाएतका काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो।

नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत लक्षमण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकराज अर्याल, दुई पक्षका श्रम सम्झौता समाबेश कतार सरकार समक्ष गल्फ देशहरु संग हाम्रो श्रमि कामदारहरुको  हकमा  कानुनमा संसोधन गर्ने  लागिएको बताउनु भयो। कार्यक्रममा नेपाली राजदुतावास परिवार, कतारमा क्रियाशिल सामाजिक संघ संस्थाका प्रमुख/ प्रतिनिधि एवं पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीले प्रतिनिधि रूपमा मन्त्री समक्ष आ-आफ्नो गुनासो, प्रश्न एवं सुझाव राखेका थिए भने कार्यक्रममा स्वागत एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले र संचालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।

अन्य समाचारहरु