राष्ट्रिय सहमतिको सरकारका लागि मन्त्रिपरिषद् गठन

काठमाडौ  - प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आज(शानिबार) मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । उनले कांग्रेस तथा एमालेसंग मन्त्रीहरुको नाम मागेका छन् ।

माओवादी,कांग्रेस,एमाले र मधेशी मोर्चाबीच भएको सहमति अनुसार आजसम्ममा सबै दलको सहभागिता रहनेगरी मन्त्रिमण्डल गर्ने प्रधानमन्त्रीले पहल थालेका छन् । पाँच बुँदे सहमति अनुसार सरकालाई आजै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहणको समय तोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भट्टराईले र नेपाली कांग्रेसका सभापति सुशील कोईरालासंग शनिबार विहान भेटेर तथा एमाले अध्यक्ष झलनाथ खनाललाई टेलिफोन गरेर मन्त्रीहरुको नाम मागेका छन् ।

महराजगंज स्थित कोइराला निवासमा सहमतीको राष्ट्रिय सरकारलाई शनिबार (आज) साँझ सम्म पूर्णता दिने विषयमा केन्द्रीत रहेर दुई नेता विच छलफल भएको छ । भेटमा सभापति कोईरालाले शनिबार साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रिहरुको नाम पठाइसक्ने बताए । कोइरालाले सरकारमा को को पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउादै सााझ सम्म त्यो निष्कर्षमा पुग्ने जानकारी दिए ।

त्यस्तै शनिबार विहान नै प्रधानमन्त्री डा. भट्टराई र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच टेलिफोन बार्ता भएको छ । टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले आज नै सरकारलाई पूर्णता दिएर संविधानको कामलाई समयमै जारी गर्नका लागि तिव्रतापूर्वक अगाडि बढाउनु पर्ने बताए । सरकार बिस्तारमा ढिलाई भएमा संविधान निर्माण प्रक्रियामा पनि ढिलाई हुने बताउादै प्रधानमन्त्रीले आज नै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउन अध्यक्ष खनाललाई आग्रह गरे ।

माओवादीले भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई सरकारमा पठाउने जनाइसकेको छ । मधेशी मोर्चाको निर्णय आउन बाँकी छ । - कान्तिपुर

अन्य समाचारहरु