अर्घाखाँचीमा भोलिदेखि संचालन हुने सातौ कृषि गणनाको तयारी पुरा

अर्घाखाँचीमा भोलिदेखि संचालन हुने सातौ कृषि गणनाको तयारी पुरा

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोलीदेखि संचालन हुने सातौ कृषि गणनाको तयारी पुरा भएको छ ।


जिल्लाभर भोली बैशाख ५ गतेदेखि संचालन हुने सातौ कृषि गणनाको तयारी पुरा भएको हो ।
कृषि गणनामा जिल्लाको छत्रदेव गाउँपालिकामा ६ जना गणक र १ जना सुपरीभेक्षक, मालारानी गाउँपालिकामा ६ जना गणक र २ जना सुपरीभेक्षक, पाणिनी गाउँपालिकामा ७ जना गणक र २ जना सुपरीभेक्षक, भूमिकास्थान नगरपालिकामा ७ जना गणक र २ जना सुपरीभेक्षक, सन्धिखर्क नगपालिकामा ८ जना गणक र २ जना सुपरीभेक्षक र शितगंगा नगरपलिकामा ९ जना गणक र २ जना सुपरीभेक्षक गरि जिल्लाभर ४३ जना गणक र ११ जना सुपरीभेक्षक परिचालन हुने भएका छन् ।

यस्तै गणक तथा सुपरीभेक्षकहरुलाई तालिम सम्पन्न गरि कार्यक्षेत्रमा पठाइसकिएको जिल्ला कृषि गणना कार्यालय अर्घाखाँचीको अधिकृत राम बहादुर थापाले बताए । जिल्लाभर ११३ वटा गणना क्षेत्रबाट गणक तथा सुपरीभेक्षकहरूले कृषि सम्वन्धी सम्पूर्ण विवरण हार्डकपिमा भरेर ल्याउनु पर्ने भएकोले सबै सरोकारवाला पक्षहरूले उक्त सातौं कृषिगणना सफल पार्न सहयोग गरिदिनुहुन थापाले अनुरोध समेत गरेका छन ।

साथै २५ चैत्रबाट शुरु भएको तालिम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक अंमर थापा लगायतको अतिथ्यतामा वैशाख ३ गते गणकहरूलाई निर्देशन सहित तालिमको समापन भएको छ ।

उता संघियता पछिको यो पहिलो कृषि गणना भएको र यसले पालिकास्तर सम्मको तथ्यांक उपलब्ध गराउने भएकोले नीति निर्माण र योजना बनाउन सहयोग पुर्याउने बताइएको छ ।

अन्य समाचारहरु