सन्धिखर्कमा काेराेना राेकथाम नियन्त्रण समन्वय समितिकाे बैठक सम्पन्न

सन्धिखर्कमा काेराेना राेकथाम नियन्त्रण समन्वय समितिकाे बैठक  सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा काेराेना   राेकथाम नियन्त्रण समन्वय समितिकाे बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।


नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको बैठकमा नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालि शिक्षा उपसचिव युगलनारायण बस्याल वार्ड अध्यक्ष हरु कार्यपालिका सदस्य हरु कोरोना रोग नियन्त्रण समिति का सदस्य हरुको उपस्थिति रहेको बैठकमा कोरोना रोग नियन्त्रण नगरपालिका भित्र का क्वारेन्टाइन मा बसेका माहानुभाब हरुको स्वास्थ्य अबस्था अनुगमन आईसुलेसन मा राखिएका बिरामिहरु को स्वास्थ्य अबस्था बिपतका परेका हरुलाई राहात बितरण लगाएतका बिषयमा छलफल भएको प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीले जानकारी दिनु भयो ।


समितिकाे  बैठकमा सबै वार्डमा कोरोना रोग नियन्त्रण का लागि भैरहेका प्रयास बारे वार्ड अध्यक्ष तथा कार्यपालिका सदस्य हरुले वार्डको रिपोर्टिङ गरेको नगरउपप्रमुख ठाकुर कुमार बिकले जानकारी दिनु भयो ।सन्धिखर्क नगरपालिका ले बिकासका कामहरुलाई दुर्त गतिमा अगाडि बढाउदै कोरोना रोग नियन्त्रण का गतिविधि लाई अगाडि बढाएको छ ।

अन्य समाचारहरु