जोरपाटीमा बोरिङ खन्दा निस्किएको ग्यास ,मिथेन ग्यास भएको खानी तथा भूगर्भ विभागले गर्‍यो पुष्टि।

जोरपाटीमा बोरिङ खन्दा निस्किएको ग्यास ,मिथेन ग्यास भएको खानी तथा भूगर्भ विभागले गर्‍यो  पुष्टि।




काठमाडौँ - काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्किएको छ ।

मंगलबार बिहान करिव १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्किएको स्थानीयहरुले जनाएका छन् । 


लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन् । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए । विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो । 

२८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ । 

अन्य समाचारहरु