अर्घाखाँचीमा भूमि आयाेगको अध्यक्षमा कांग्रेस सभापतिमा पराजित यादव प्रसाद घिमिरे नियुक्त

अर्घाखाँचीमा भूमि आयाेगको अध्यक्षमा कांग्रेस सभापतिमा पराजित यादव प्रसाद घिमिरे नियुक्त


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भूमि आयाेगको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त भएका छन् । 


 मन्त्री परिषदको निर्णय अनुसार अर्घाखाँचीमा राष्ट्रिय भूमि आयाेगको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त भएका हुन् । 

 पुर्व शिक्षक संघ  जिल्ला अध्यक्ष समेत रहेका घिमिरे गत मंसिरमा जिल्लामा सम्पन्न नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनको निर्वाचनमा जिल्ला सभापति पदमा पराजित भएका थिए ।  सभापति पदमा केशव श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ७३१ मत प्राप्त गरेका थिए । भने प्रतिस्पर्धी इन्द्रमणि पाैडेलले ३५२ मत प्राप्त गरेका थिए । साथै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका थिए । २७ मत बदर भएको थियो । 

उता गत २०७७ माघ २० गते मंगलवार सरकारले भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन अर्घाखाँचीमा पनि कृष्ण बहादुर भुसालको संयोजकत्वमा तीन सदस्यीय जिल्ला समिति गठन भएको थियो । 

यस्तै समितिको विज्ञ सदस्यमा जिल्लाको बाँगी निवासी तुल्सी राम मिश्र र सदस्यमा डाँडा निवासी शिवमाया विश्वकर्मा मनोनित भएका थिए । तर संसद विघटनपछि एक महिना नपुग्दै उक्त समिती खारेज भएको थियो ।  


अन्य समाचारहरु