गोखुङ्गाको देउराली खाेलाकी विवाहित युवती श्रीमानले साउदीबाट पठाएको लाखौं रुपैया लिएर बेपत्ता

गोखुङ्गाको देउराली खाेलाकी विवाहित युवती श्रीमानले साउदीबाट पठाएको लाखौं रुपैया लिएर बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता 

गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर - ९ गोखुङ्गाको देउराली खाेलाकी एक विवाहित युवती बेपत्ता भएकी छिन् । 


गोखुङ्गाको देउराली खाेलाका  कमल बहादुर घर्तीकी २२ वर्षिया श्रीमती  अमृता राेका घर्ती माघ २८ गते शुक्रबार विहानदेखि बेपत्ता भएकी हुन् । उनको ६ वर्षका मिलन घर्ती छोरा पनि छन् ।  

शिक्षक बाेम बहादुर जि.एम. ले अर्घाखाँची डट्कमलाई दिएको जानकारी अनुसार कमल रोजगारीको शिलसिलामा १ वर्षदेखि साउदी अरवियामा रहेका छन् । उनले पटक-पटक गरेर घर खर्चकाे लागि पठाएकाे करिब ८ लाख रुपैया रकम समेत लगेकी छिन् ।   

अमृताले शुक्रबार विहान आफ्नी बहिनीलाई छोरा छोडी घरमा केही नबताई बेपत्ता भएकी  श्रीमानका साईला बुवा विन बहादुर घर्तिले जानकारी दिए । 

बेपता अमृताको माईती घर पनि सोही वार्डको देउराली खाेलामा पर्छ । उनिलाई माईती घर, छिमेकी, साथीहरु लगायत सबै ठाउँमा खोज्दा फेला नपरेको परिवारले डट्कमलाई बतायो ।

साथै कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारको ९८६७२५६७९०, ९८४३८७३३५८,  ९८४२२९०६७२ मा संपर्क गरिन सकिने बताइएको छ । 

उता अर्घाखाँचीमा पछिल्लो समय युवती, महिला बेपत्ता हुनेको संख्या बढेको देखिन्छ । 

अन्य समाचारहरु