खिल्जीमा मसाल निकट अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न (तस्बिरहरु)

खिल्जीमा मसाल निकट अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघ  भुमिकास्थान नगरपालिका  वडा नं  ६ खिल्जीको प्रशिक्षणात्मक भेला सम्पन्न   भएको छ  ।


भेलाले नारायण थापाको अध्यक्षतामा १५ सदस्यीय भुमिकास्थान नगरपालिका  वडा नं ६ को  समिति  गठन गरेको छ ।जसको उपाध्यक्ष शुसिल बेलवासे , सचिव  कमल गैरे , सह सचिब फुलमाया सुनार र कोषाध्यक्षमा शान्ता सुनार  चयन हुनुभएको  छ ।


कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झबिलाल थापा , अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल,  राष्ट्रिय जनमोर्चा  भुमिकास्थन नगर सदस्य  उमानन्द गैरे का  ,राष्ट्रिय  जनमोर्चा  भुमिकास्थान नगरपालिका वार्ड नम्बर6को अध्यक्ष मित्रलाल पोख्रेल , जिल्ला सल्लाहकार  दोण भण्डारी, बुद्धिजीवी सँघका खिमानन्द बेलवासे, जातीय समाता समाजका जिल्ला  सल्लाहकार      चेत    बहादुर बि क ,भुमिकास्थान नगरपालिका वार्ड नम्बर6को वडासदस्य निम बहादुर बस्नेत  लगायतले प्रशिक्षणात्मक मन्त्वय राख्नुभएको थियो।


कार्यक्रम अखिल नेपाल युवक संघ भूमिकास्थान६का सदस्य फुलमाया सुनारको  अध्यक्षता, प्रकाश पौडेलको संचालन र  दिपक बुद्धिराज बन्जाडेको  स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु