नरपानीको जगतमा उम्मेदवारलाई आक्रमण गर्ने एमाले कार्यकर्तालाई कांग्रेसले दियो माफी

नरपानीको जगतमा उम्मेदवारलाई आक्रमण गर्ने एमाले कार्यकर्तालाई कांग्रेसले दियो माफी

भुवनेश्वर अधिकारी 

जगत, अर्घाखाँची  - सन्धिखर्क - ६ नरपानीको जगतमा  बैशाख २७ गते भएको घटनामा सहभागी एमाले कार्यकर्ताहरुलाई काङ्ग्रेस अर्घाखाँचीले माफी दिएको छ ।

नरपानीको जगतमा  बैशाख २७ गते भएको घटनामा सहभागी एमाले कार्यकर्ताहरुलाई काङ्ग्रेस अर्घाखाँचीले माफी दिएको हो ।  




जगतको आपपाटा क्षेत्रमा गठबन्धनका उम्मेद्बार कृष्ण बहादुर आचार्यलाई लछारपछार गरेको आरोपमा एमाले कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तो छ सुचना नरपानी कांग्रेसका सभापति नवराज केसीले निकालेको वकत्वय 

        माफी दिइएको सम्बन्धमा !

मिति २०७९ साल वैशाख २७ गरेका दिन यस सन्धिखर्क नगरपालिका वडा नं ६ को आपपाटा क्षेत्रबाट फर्किने क्रममा रिब्दी स्थित मोटरबाटोमा बाटो छेकेर बसेका एमालेका प्रितम केसीको नेतृत्वमा ३५-४० जनाको संख्यामा रहेका अराजक समूहले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कृष्ण बहादुर आचार्य, नेपाली कांग्रेसका कार्यकर्ता शिव तण्डन लगायतका व्यक्ति माथि कुटपिट, लछारपछार एवं अभद्र व्यवहार गरेका कारण पक्राउ परेका प्रितम केसी


 लगायतका व्यक्तिले "नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार श्रीधर महत्राले फोन गरेर पठाएकोले गएको र त्यस्तो अप्रिय घटना भएको हुँदा आत्मागलनी भएको तथा अबदेखि त्यस्तो गलत कार्य गर्ने छैन" भनी जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीमा कागज गरी माफी मागेकोले मानवियताको कारण निजहरुलाई माफी दिइएको जनाइएको छ!

साथै नेपाली कांग्रेस जहिले पनि शान्ति, एकता र सहकार्यको पक्षमा रहेको व्यहोरा सबैमा पुन स्मरण गराउन चाहेको जनाएको छ ।