मलामी बोकेर घाटबाट फर्कंदै गरेको बस झापामा पल्टिँदा एकै गाउँका चार जनाको मृत्यु

राजु अधिकारी
 
झापा - मलामी बोकेर घाटबाट फर्कंदै गरेको बस आइतबार झापाको लक्षमीपुरमा पल्टिँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्। कनकाई माईमा दाहसंस्कार सकेर फर्किदैं गर्दा पूर्व पीश्चम राजमार्गको घैलाडुब्बा-९ मा उनीहरु चढेको बस दुर्घटना भएको हो।
 
को१ ख ८८२ नम्बरको बस पल्टिँदा शनिश्चरेका चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
मृतकहरुमा ५२ वर्षीय धर्म चौधरी, ४० वर्षीय बरुवा राजवंशी, २२ वर्षीय निर्मल राजवंशी र विरु राजवंशी छन्। १२ जना घाइतेको नाम खुलेको छैन। उनीहरुको विर्तामोडको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले अनियन्त्रित गतिमा रहेको बस पल्टिंदा दुर्घटना भएको जनाएको छ।

अन्य समाचारहरु