५ हजार नगद फिर्ता नदिएको झोकमा बालक अपहरण

पाँच हजार ऋण फिर्ता नदिएको झोकमा अपहरण परेका १२ वर्षीय बालक दिलवर मियाँलाई अपहरण भएको १३ घण्टामा प्रहरीले भारतबाट उद्धार गरेको छ ।
 
सुनसरीको मधेली २ स्थित मुसलमान बस्तीका ज्यामुल मियााका छोरा दिलवर मियाँलाई ५ हजार नगद फिर्ता नदिएको आवेगमा नातामा साडु भाइ पर्ने रिजमान अन्सारी र अलावदिन मियाँले मिलेर शुक्रबार बिहान ९ बजे अपहरण गरेका थिए । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेल नेतृत्वको टोलीले अपहरणमा परेका बालकलाई भारतको फुलकाहाबाट सकुशल अपहरण मुक्त गराएका हुन् ।
 
प्रहरी निरिक्षक पोखरेलका अनुसार भारत बिहारको फुलकाहाबाट राती १० बजे अपहरित बालक अपहरण मुक्त गरिएको हो । रिजमानलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दुहबी ल्याइएको छ । भारत विहारको फुलकाहामा मोहमद फिदा हुसेनको घरमा बालकलाई बन्धक बनाएर राखिएको अवस्थामा बन्धक मुक्त गरिएको हो ।
 
अपहरणमा संलग्न अर्का अलावदिन मियाँ भने फरारा छन् । प्रहरी निरीक्षक पोखरेलको टोलीले बन्धक बनाएको स्थानसम्म पुगेर अपहरण मुक्त गरेका हुन् । अपहरणमा परेका मियाँलाई मोहमद फिदा हुसेनको घरमा मुख छोपी, हात बाधेर राखेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।
 
आइतबार अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता गरिने निरक्षिक पोखरेलले जनाकारी दिए । अपहरणमा परेका १२ वर्षीय बालक दिलवर मियाँलाई परिवारको जिम्मा लगाइएको छ । कान्तिपुरले खबर छापेको छ  


 

           

अन्य समाचारहरु