प्रश्न गर्नुहोस् कामरेडका घरमा दलित बुहारीहरु किन छैनन् ?

प्रश्न गर्नुहोस् कामरेडका घरमा दलित बुहारीहरु किन छैनन् ?

अम्बरीश  पोख्रेल ।
सन्धिखर्क नगरपालिका वार्ड नं २, अर्घाखाँची ।

प्रश्न गर्नुहोस् कामरेडका घरमा दलित बुहारीहरु किन छैनन् ? 

१. कति जना बाहुन क्षेत्री वर्गका ठूला कामरेडहरुले आफ्ना छोरीहरूको विवाह ( खुसीसाथ) परियार, विश्वकर्मा, चमार, गंधर्व, सुनुवार  देखि तराईका मूसहरका छोराहरुसंग गराउनु भएको छ ? कसैसँग यसको उत्तर छ ?  । अपबाद पनि भेटाउन गार्हो छ होला शायद । 

२. कति जना ठूला कामरेड हरूका घरमा दलित जातका बुहारीहरु छन् ? कसैसँग यसको उत्तर छ ? छैन शायद । 

३. अझ आफूले आफूलाई बहुत प्रगतिशील ठान्ने वा आफै प्रगतिशील घोषणा गरेका  तिनै ठूला काम्रेदहरुका कथित कार्यकर्तालाई हेरौं, सोधौँ तिनीहरू त झन् निम्न स्तरको सोचाइ राख्छन् खासमा । तिनीहरूले झन् त्यो कुरा सोच्न समेत सक्दैनन् । यो बहुत अचम्मको कुरा छ । तर मुखले, भाषणले र लेखहरूमा बहुत आदर्श देखाएर आफूलाई ठूलो मात्रामा जात पात विरोधी रहेको कुरा गर्दछन् । खासमा उनीहरूले यस्तै प्रकारका इञ्जियोहरु (NGOs) चलाइरहेका हुन्छन् । जनजातिको नाममा ठगिरहेका हुन्छन् । 

४. खोक्रा आदर्श देखाएर दलितका नाममा साना देखि ठूला कमरेडहरुको सफेद झुटो राजनीति चल्ने गरेको कुरा कम्तीमा पनि हामी चुच्चे नाक धारी बाहुन क्षेत्रीहरु लाई स्पष्ट थाहा छ । 

५. रुकुम चौरजहारीको घटनामा पूर्व देखि पश्चिम कलिसम्मका जति पनि  कामरेड हरुको रुन्चे स्वर छ,  त्यो सबै गोहीको आँशु हो । सिर्फ गोहीको आँशु हो । आउँदा दिनहरूमा दलित आदिवासी तथा जात_ जातिका नाममा झुटो राजनीति गरेर आफूले सधैं भरी सत्ताको चास्नी पिउने कुचाल मात्र हो । 

६. यसैले नेता, पार्टी, सरकार कसको हो भनेर नहेरौं,  उनीहरूले जात जाती प्रति  कस्तो व्यवहार गरिरहेका छन् त्यो प्रमुख हो ।  व्यवहार एकातिर छ तर देखाउने सुनाउने आदर्श अर्कोतिर छ । 

अस्तु ।  

अन्य समाचारहरु