यि उपाय अपनाउनुहोस् तपाईको घरमा कहिल्यै मुसा लाग्दैनन्

एजेन्सी । घरमा मुसाले सताएर दिक्क पर्नुभएको छ ? घरमा राखेको सामान मुसाले खाइदिएर, फोहोर गरेर दिक्क पर्नुभएको छ भने हामी तपाईलाई मुसा भगाउने गतिलो उपाय सजाउँछौँ जसबाट तपाईले मुक्ति पाउनुहुनेछ ।

मुसा आउने जाने बाटो प्राय एउटै हुन्छ । त्यही बाटोमा मुसालाई प्याज काटेर राखिदिनुभयो भने मुसा आउँदैन । किनकी मुसालाई प्याजको गन्ध मन पर्दैन ।

जुन बाटोबाट मुसा ओहोर दोहोर गर्छन् त्यही बाटोमा रातो खुर्सानीको पाउडर हालीदिनुभयो भने मुसालाई श्वासप्रश्वासमा समस्या पर्छ र मुसाहरु त्यहाँबाट भाग्छन् ।

मुसा आउने स्थानमा बेबी पाउडर छर्किदिनुहोस् र मुसा बढी हिँडडुल गर्ने स्थानमा पनि छरिदिनुभयो भने यसले मुसालाई असर गर्छ ।

मुसा बढी आउने स्थानमा मानिसको कपाल छोडीदिनुहोस् । मुसाले झुक्कीएर कपाल खायो भने उसको मृत्यु हुन्छ ।

मुसा मार्ने साँचोमा अड्काएर राखिदिनुभयो भने त्यही खाने लोभले उ त्यहाँ फस्न पुग्छ । 

स्रोत: अन्लाईन मिडियाबाट 

अन्य समाचारहरु