कपिलबस्तुको बाणगंगा-११ बाट राप्रपाका नेता खिमराज बेल्बासको अध्यक्ष पदमा उम्मेदरबारी दर्ता

कपिलबस्तुको बाणगंगा-११ बाट राप्रपाका नेता खिमराज बेल्बासको अध्यक्ष पदमा उम्मेदरबारी दर्ता

अनिल नेपाली 

कपिलबस्तुको बाणगंगा नगरपालिका वडा न ११ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिमराज बेल्बासले वडा न ११ को अध्यक्ष पदमा उम्मेदरबारी दर्ता गराउनुभएको छ  ।

लामोसमय देखि राप्रपाको राजनितिकमा रही समाजसेबामा रमाउदै आएका बेल्बासेले हिन्दु राष्ट्र कायम गर्न धर्म संस्कृति स्वाभीमान र राष्ट्रबादको नारालाई मुल मन्त्र बनाएर उम्मेदबारी दिनुभएको छ ।  

आफ्नो व्यक्तिगत काममा भन्दा सामाजिक सेबामा रमाउने बेल्बासेको उम्मेदबारीले वडामा नयाँ तरङ्ग छाएको छ । बेल्बासे सामाजिक काममा विहान देखि खट्नुह्न्छ बेल्बासे देख्दा सरल र सामान्य भएतापनि जनताको काममा अब्बल रुपमा खट्नुहुन्छ । 

उच्च शिक्षा अध्ययन गरेका बेल्बासे आफुहरुलाई हरेक काममा सफलता मिलेको बताउदै यसपालि आफुलाई जनताले साथ सहयोग गरेर बिजयी बनाउनेमा ढुक्क हुनुहुन्छ ।

अन्य समाचारहरु